राकेश कोहाँर
भैरहवा मंसिर । रुपन्देहीको मायादेवी गाँउपालिका २ ले वडा स्तरीय योजनाका कामहरु बनाएको छ । वडामा वाटोघाटो र नाली निर्माणका कार्य अगाडि बढाउनुुको साथै जनताको आवश्यक्ता अनुसार काम गरिरहेको वडा अध्यक्ष अगनु यादवले वताए । वडा पालिका भित्रका महिलाहरुलाई स्वरोजगार बनाउनको लागि सिलाई, कटाई र बुनाई आदि किसिमका तालिमको व्यवस्था पनि गरिएको वडा अध्यक्ष यादवले बताए ।
युवा लक्षित सीपमुलक तालिमका साथै स्बरोजगार मुखी कामहरु पनि गर्ने योजना रहेको वडा पालिकाले जनाएको हो । पर्यटकीय स्थलले महत्वपूर्ण रहेका यस वडामा कृषि र सिचाईको क्षेत्रमा काम गर्ने बजेटको पहल गरिएको छ । जनताको आवश्यक्ता अनुसारको सेवा प्रवाह गरेको बताउदै वडा सचिव विजय यादवले जनमुखी कार्यहरु भईरहेको जानकारी दिए ।