logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कोटहीमाई ५ मा जनचाहान अनुसार बिकास र समृद्धि


    १५ मंसिर २०७९ , बिहिबार

    कोटहीमाई ५ मा जनचाहान अनुसार बिकास र समृद्धि

    राकेश कोहाँर/असलम खान
    लुम्बिनीखबर
    मर्चवार, १५ मंसिर । रुपन्देहीको कोटहीमाई गाँउपालिका वार्ड नं. ५ ले जनतामा विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आई रहेको छ । सामाजिक मूल्यमान्यता, साँस्कृति, रीतिरिवाजलाई मध्यनजर गर्दै धार्मिक मूर्ति स्थापना गरि पूजा पाठमा सहयोग गर्नुुका साथै आर्थिक सहयोग समेत वडा पलिकाले गरेको अध्यक्ष संजय कुुमार सैनीले बताए । विगतका वर्षमा एउटा मात्र नाला बनेको थियो र बाटो पनि एउटा मात्र थियो जसले गर्दा मानिसहरुलाई आवतजावत गर्न पनि निकै कठिनाई थियो । मूर्ति बिर्सजन गर्ने क्रममा प्रत्येक वर्ष नदी नालामा डुुबेर बालबालिकाहरुको मृत्यु हुने गथ्र्यो ।

    तर अहिले यस्ता खालका घटनाहरु नघटोस भन्ने उद्देश्यले वडापालिकाले बाटोको दुुबैतिर बाट नाला बनाएको बडापालिकाले जनाएको छ । वडापालिका भित्रका धेरै घरधुरीमा पानीको समस्या परेको हुँदा केही घरहरुमा मात्र खानेपानी ,ह्यान्ड पाइप जडान गरेको थियो तर अहिले प्रत्येक घरमा ह्याण्डपाइप पुगेको वडापालिकाको रेकर्डमा देखिन्छ । पहिला वडापालिका भित्र बाटोको अवस्था निकै कठिन र थोरै पानी पर्दा पनि मानिसहरुलाई आवतजावत गर्न तथा गाडिहरु गुडाउन समेत कठिन भएपनि अहिले सहज भएको वडा अध्यक्षले बताए । कतिपय ठाउँहरुमा दुर्घटना समेत हुन्थ्यो । अहिले पुराना सडकहरु मर्मत गर्नका लागि बाटो निमार्णको भएको देखिन्छ । आगामी दिनहरुमा अझै गुुणस्तरीय बनाउने योजना रहेको वडा अध्यक्ष सैनीले बताए । यस्ता पालिकाभित्रका सबै ठाउँमा विद्युत जडान नगरिएको जटिल समस्याको रुपमा रहेको छ । विद्युत जडान नभएकोले किसानहरुलाई निकै समस्या भोग्नु परेको देखिन्छ ।

    यस्ता समस्याहरुलाई आगामी दिनहरुमा निर्मूल पार्न हाम्रो योजना रहेको भन्दै वडा सचिवले बताए । मर्चवार क्षेत्रको विकासका लागि यस वडाले महत्वपुर्ण भुमिका खेलेको छ । वडा अध्यक्ष सञ्जय कुमार सैनीले भने, जनताको सेवा सुविधाका लागि वडा पालिका सधै क्रियाशिल हुने गरेको छ । जनताको चाहाना अनुसार जनप्रतिनिधिहरुले काम गर्ने गरेको बताउँदै बडाअध्यक्ष सैनीले भने आगामी दिनमा यस वडाको विकासका लागि थप बजेट आवश्यकता पर्ने भएकाले माग गरिएको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.