रुविना थापा
मायोवी, १६ मंसिर । रुपन्देहीको मायादेवी ५ मा विपन्न परिवारका लागि वडा कार्यालयले खाने पानी उपलब्ध गराएको छ । गाउँपालिका भित्र बस्ने विपन्न बस्थिमा बसोबास गर्ने विपन्न परिवारलाई खानेपानी उपलब्ध गराएको वडापालिकाले जनाएको छ ।
किसानहरुका लागि बीउँ बिजन र कृषि सामग्री सिचाईका लागि बोरिङ्को व्यवस्था कृषि बाटो, कृषि मोटर, पम्पसेट, डेलिभरीपाइप उपलब्ध गराएको वडा अध्यक्ष तेजनारायण पालले जानकारी दिए । वडा अध्यक्ष पाललको अनुसार – बाढीको रोकथाम, सिचाईका लागि बाधको निर्माण समेत गरिएको छ ।
बस्थि बस्तिलाई जोड्नको लागि ग्राबेल र पक्की बाटो निर्माण भइरहेको जनाउदै वडा अध्यक्ष पालले मानिसहरुको चाहाना अनुसार काम गरिरहेको बताए । उनले शिक्षाको गुणस्तर विकासको लागि अनुगमन, योग्य शिक्षकको व्यवस्था र विद्यार्थीहरुलाई अध्ययनमा गाम्भिर्यता गराएको जानकारी दिए ।
वडा भित्र रहेको वृद्ध वृद्धा, असहाय, अपाङ्गहरुको लागि निशुल्क : स्वास्थ्य जाँच, गर्भवती महिलाहरुको लागि पोषणको व्यवस्थापन र खोप केन्द्रको स्थापना गरिएको वडापालिकाले जनाएको छ । भौतिक पूर्वाधार निर्माण र झुलुङ्गे पुल मर्मतमा वडापालिका सँधै क्रियाशील रहेको छ । वडा अध्यक्ष पालले भने, “ जनताका सबै समस्याहरु समाधान गर्न वडा अध्यक्ष सहकार्यका साथ अगाडि बढेको छ ।”