logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कृषिका लागि मुख्य प्राथमिक्ता : वडा अध्यक्ष यादव


    १६ मंसिर २०७९ , शुक्रबार

    कृषिका लागि मुख्य प्राथमिक्ता : वडा अध्यक्ष यादव

    राकेश कोहाँर / असलम खान
    बसन्तपुर, १६ मंसिर । रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा न. ७ ले जनताका आवश्यक्ता पूरा गर्नका लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको देखिन्छ । गाँउपालिका भित्रका कृषकहरुको समस्यालाई मध्यनजर गरेर विउ विजन वितरण, सिचाईका लागि ब्यवस्थापन, रसायनिक मल उपलब्धगराउन पहल गर्नुका साथै उपलब्ध भएका उपजलाई बजार सम्म पुर्‍याने र बजार ब्यवस्थापन गर्ने योजनाहरु अगाडि सरेको वडा पालिकाका अध्यक्ष पवन कुमार यादवले जानकारी दिए । जाडो मौसमको सुरुवात संगै दाउरा वितरण गरेको वताउदैं कृषि क्षेत्रलाई विशेष प्राथमिक्ता राखेर काम गरिएको वडा अध्यक्ष यादवले जानकारी दिए । गाउँ गाउँ जोडनका लागि सडक निर्माण, विद्युतिकरण गर्नका साथै सोलरलगाउने कार्य सुरु गरेका छौं । वडा अध्यक्ष यादवले भने “पक्की सडक र ग्रेवेल सडक संगै सिचाइको लागि समेत कामहरु भईरहेका छन् । गरीब दु:खी, असहाय, बृद्ध बृद्धा र अपाङ्गका लागि रुवास्थ्य सुबिधा दिनुका साथै सुत्केरी महिलाको लागि पोषणको व्यवस्था गरिएको छ । ” वडा अध्यक्ष यादवले भने, वालवालिका का लागि खोप व्यवस्थापन र वालशिक्षाका लागि विभिन्न योजनाहरु अगाडि सारिएको छ । पशु र कृषिका लागि समेत वडा पालिकाले बजेट विनियोजन गरि कार्य गरेको देखिन्छ । शिक्षाको गुणस्तरीय विकास तथा विद्यालयहरुको भौतिक पूर्वाधारलाई समेत ध्यानमा राखी वडा पाालिकाले काम गरिरहेको कोटहीमाई गाँउपालिकाका सचिवले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.