logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कृषि उपजलाई बजार व्यवस्थापन: वडा अध्यक्ष यादव


    १६ मंसिर २०७९ , शुक्रबार

    कृषि उपजलाई बजार व्यवस्थापन: वडा अध्यक्ष यादव

    झब्बर यादव / असलम खान
    सिद्धार्थनगर, १६ मंसिर । रुपन्देहीको सम्मरीमाई गाँउपालिका १ ले आर्थिक वर्ष ०७९/८० को मंसिर महिना सम्मा जनचाहना अनुसार विकास र समृद्धिका योजनाहरु अगाडि बढाएको छ । वडापालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई ध्यानमा राखेर काम गरेको वडा पालिकाको सुचना शाखाले जानकारी दिएको छ । जनता आवास कार्यक्रम देखि जनताको जनचाहनालाई मध्यनजर गरेर विभिन्न याोजनाहरु अगाडि सरेको वडा अध्यक्ष शिव कुमार यादवले बताएका छन् । यादवका अनुसार कृषि र पशु पालन गर्ने हरुका लाागि कृषि मोटर र सिचाइका लागि वोरिङ्ग बिउँ विजन वितरण गरिएको छ । कृृषि क्षेत्रलाई उत्पादन मुलक क्षेत्रमा जोडनका लागि विभिन्न कार्यक्रमहरु अगाडि सरिएको छ ।वडा अध्यक्ष यादवले भने “कृषि, बाटो र कृषि शिक्षा कृषि प्रबिधि र कृषकहरुको उत्पादन बजार व्यवस्थापनको लागि हाम्रो वडा सक्रिय रुपमा काम गरिरहेको छ । सम्म्रीमाई गाउँपालिका भित्र ग्रावेल पीच सडकको स्तरोन्नती गर्न वडा पालिकाले समन्वय र सहकार्य गरिरहेको वडा अध्यक्ष यादवले जानकारी दिए । वडा पालिक भित्र रहेका विपन्न परिवार बृद्ध बृद्धा र असायका लागि समेत विभिन्न प्रकारका सहयोग उपलब्ध गराएको वडा पालिकाले जनाएको छ ।जनतालाई सहज रुपमा सेवा सुविधा प्रदान गरिरहेको यस वडाले प्राविधि मैत्री कार्यहरुलाई संस्थागत गरिरहेको वडा सचिवले वताए । नमुना वडाको रुपमा विकास गर्ने अठोट गरेका यस वडाका जनप्रतिनिधि र कर्मचारीहरु जन पक्षीय कार्यमा अग्रसर भएको देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.