असलम खाँन
मर्चवारी मंसिर । रुपन्देहीको मर्चवारी गाउँपालिकालमा ३५ औं एडस दिवस सम्पन्न भएको छ । मर्चवारी गाउँपालिकाको अमवा माध्यमिक विद्यालय अमवामा विदालय स्तरीय वक्तृत्व कला सम्पन्न भएको हो । “एउटाको अन्त्यको लागि समानताको सुुनिश्चितता ” भन्ने नाराका साथ कार्यक्रम अगाडि बढाएको देखिन्छ । विभिन्न वडा पालिका भित्रका विदालयहरुको उपस्थिति र शिक्षक तथा अन्य क्रमचारीहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रमकाप्रमुुख अतिथिका रुपमा गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरई, विशिष्ट अतिथिका रुपमा मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंह, प्रमुुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराई, अतिथिको रुपमा वडा न.२ को अध्यक्ष शशी दयाल चौधरी, स्वास्थ्य शाखा प्रमुख फेकन शाह, स्वास्थ्य शाखाका पुरुषोत्तम घिमिरे, ईन्देणी विकास परिसद लगायत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनता माध्यमिक विद्यालय ओडवलिया, ठर्की माध्यमिक विद्यालय, बगौली माध्यमिक विद्यालय र अमवा माध्यमिक विद्यालय अमवाको सहभागितामा थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाण र सिल्ड समेत प्रदान गरेको कार्यक्रम आयोजकले जनाएका छन् ।