सूरज ज्ञवाली / दिपक कलवार
सुर्यपुरा , १९ मंसिर । गैडहवा गाउँपालिका वडा न. ६ ले किसानहरुलाई मध्यनजर गरि कार्यक्रम अगाडि बढाएको छ ।
वडा भित्रका किसानहरुलाई कृषि सामग्री उपलब्ध गराउनुका साथै बिउँ विजन पनि वितरण गरेको वडा अध्यक्ष राजकुमार लोधले बताए ।
वडामा पुराना सडकलाई मर्मत गर्नुका साथै विद्यालय, स्वास्थ्य चौकी, सडक तथा अन्य सार्वजनिक कार्यालयहरु वा सार्वजनिक सम्पत्तिहरुको संरक्षण र मर्मत समेत गरेको वडा अध्यक्ष लोधले जानकारी दिए ।
वडामा कृषि योग्य जमिन प्रसस्त मात्रामा भएको हुदाँ कुषिका लागि बजेट व्यवस्थापन गरेको अध्यक्ष लोधले बताए ।
विद्यालयको निरीक्षणमा विविध किसिमका समस्याहरु देखिएका छन् । वडा अध्यक्ष लोधले भने, “त्यसका लागि पनि वडाले बजेट छुटयाएको छ । गरिव, महिला, असहाय, बृद्ध बृद्धा र अपाङ्गका लागि नि:शूल्क स्वास्थ्य चेकजाँच तथा औषधी र गर्भवति महिलाका लागि पोषणको सुविधा बडाले गरेको छ ।
वडा अध्यक्ष लोधले कृषक लागि कृषि सामग्री, विद्यालयका लागि शैक्षिक सामग्री,तथा बाटोघाटोमा योजना अगाडि बढेको जानकारी दिदै जनतालाई सहज र सरल ढङ्गले सेवा पुर्याउन पहल भइरहेको बताए । स्थानीय जनताको सेवासुबिधा र विकासका लागि जनप्रतितिधिका साथै कर्मचारीहरु समेत सहकार्य हुनेगरेका वडा सचिवले जानकारी दिए ।