असलम खाँन / राकेश कोहाँर
मर्चवार, १९ मंसिर । रुपन्देहीको कोटहिमाई गाउँपालिका वडा नम्बर ६ ले जनताको आवश्यक्ताका आधारमा योजना बनाएको देखिन्छ ।
वडा भित्र शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी नाला तथा ढल जस्ता विविध किसिमका समस्याहरु समाधान तर्फ वडा कार्यालय अगाडी बढेको वडापालिकाले जनाएको छ ।
जनताका सबै समस्यालाई मध्यनजर गरेर वडा पालिकाले अग्रआगामी कार्यक्रमहरु अगाडि बढाएको वडा अध्यक्ष विनोद यादवले जानकारी दिए ।
जनताको समस्यालाई समाधान गर्ने काम सरकारले हो । वडा अध्यक्ष यादवले भने,“ जनताको समस्या न्यूनीकरण गर्न वडापालिकाले निरन्तर पहल गरिरहेको छ । ”
स्थानीय क्षेत्रमा कृषि र सिचाईका लागि देखिएको कठिनाईलाई समाधान गर्न ह्याण्ड पाइप तथा धाराको वडापालिकाले गरेको वडा अध्यक्ष यादवले बताए । उनले कृषकहरुलाई कृषि सामग्री उपलब्ध गराउने कामले निरन्तरता पाएको जानकारी दिए ।
विद्यालयहरुमा भौतिक व्यवस्थापन तथा शैक्षिक सामग्रीमा वितरण गरिएको बताउदै वडा अध्यक्ष यादवले आगामी वर्ष नयाँ योजनाका साथ अगाडि बढ्ने वडापालिकाले जनाएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, सीपमुलक तालिम, जनचेतना कार्यक्रम, मठमन्दिर, सडक निर्माण तथा फोहोर मैला व्यवस्थापनका लागि समेत पहल भइरहेको वडा अध्यक्ष यादवले जानकारी दिए ।
कृषिका लागि चाहिने मलखाद,विउँ विजन, विषादी तथो यन्त्र उपकरण उपलब्ध गराउने योजना वडापालिकाको देखिन्छ ।
विद्यालयका लागि भौतिक पूर्वाधार, शिक्षण सामग्री तथा विद्यार्थीका लागि खेलकुद सामग्री र खेलमैदान व्यवस्थापनका लागि समेत वडापालिकाले पहल गरेको जनाएको छ ।
गरिव दु:खी, असाहय र बृद्ध बृद्धाहरुका लागि स्वास्थ्य चौकीमा चेकजाँच, विभिन्न किसिमका नि:शूल्क औषधी तथा औपचारिक र अनौपचारिक रुपमा तालिम प्रदान गर्ने योजना वडाको योजना देखिन्छ ।
विभिन्न किसिमका सामाजिक विकृति, विसङ्गगि, अन्धविश्वास, कुरितिलाई हटाई सभ्य समाजको निर्माण गर्नका लागि जनचेतना मूलक कार्यक्रम गर्ने योजनामा कोटहिमाई गाउँपालिका ५ रहेको छ ।
जनताको कार्य लाई अत्यन्तै सरल, सहज र सुरक्षित रुपमा प्रदान गर्नका लागि वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरु सहकार्यका साथै अगाडि बढेको वडा सचिवले जानकारी दिए ।