दीपक कलवार
सूर्यपुरा, मंसिर । रुपन्देहीको कञ्चन १ बेलभरियामाा सञ्चालित योजना बचत तथा ऋण सहकारी संस्थाको सातांै वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कुनै पनि संस्था जन्म दिनुभन्दा जन्म पछिको संस्थालाई निरन्तरता दिन सक्नु नै पहिलो प्राथमिकता रहेको बताउदैं लक्ष्य बनाएर काम गर्दै अगाडि बढनु पर्ने भनाई राख्दै सहकारी नाफाँ मुखि हुनुपर्ने र सहकारीलाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । सुकुम्वासी जग्गा कञ्चनमा धेरै रहेकोले धितो राख्न नपाएको भन्दै नापीको काम केही समय पछि लगातार काम सुरु गर्न गाउँपालिकाले एक वर्ष भित्र सबै गाउँपालिका भित्रका जनतालाई लालपुर्जा दिने भनी जानकारी दिए ।
कार्यक्रमका विशिष्ट अतिथि कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौषमी थापाले छोटो समयमा सहकारीले अत्यन्तै राम्रो प्रगति गरेको भन्दै सहकारी भनेकै सहकार्य गरेर जानु नै सहकारीको वास्तविक काम रहेको र सहकारीलाई आफ्नो क्षेत्रवाट सक्ने सहयोग सधै गर्ने भनाई राख्दै उपस्थित सबैलाई धन्यावाद समेत दिए ।
कार्यक्रमका अतिथिका रुपमा गैंडहवा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष भुवन राना, वडा नम्बर ९ का अध्यक्ष मिना क्षेत्री थापा र कञ्चन वडा १ का अध्यक्ष हरिनारायण थारु, कञ्चन सहकारी संञ्जालका अध्यक्ष राधिका चौधरी नमस्ते बचत तथा ऋण सहकारी संस्था उपाध्यक्ष लक्ष्मी शर्मा, प्रतिविम्ब कृषि सहकारी संस्थाका अध्यक्ष गंगाधर शर्मा गजेडी २ बकुलगाढ खानेपानी संस्थाका अध्यक्ष देवी थारु, कञ्चन जेसिसका अध्यक्ष राजन शर्मा लगायतले योजना बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक साधारण सभाको सफलताको शुभकामना भनाइ राख्नु भएको हो ।
यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु पौडलले आर्थिक प्रतिवेदन पेश गर्दै योजना बचत तथा ऋण सहकारी अगाडि बढाउने जिम्मेवारी सेयर सदस्यको हुने बताउदै सेयर सदस्यहरुको सल्लाह सुझावलाई मनोनयन गर्दै अगाडि बढने वताउनु भयो ।
कार्यक्रम स्वागत संस्थाको उपाध्यक्ष सीता गैरेले गर्नु भएको हो । लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक निरज पौडेलले प्रस्तुत गरे । कोषाध्यक्षले संस्थाको प्रतिवेदन कोषध्यक्ष देवेन्द्र आचार्यले प्रस्तुत गर्नु भएको जानकारी दिए ।
कार्यक्रममा सहकारी संस्थाको वारेमा प्रकाश पार्दै पूर्वाध्यक्ष जीत बहादुर पुनले अहिले यो अवस्थामा सहकारी आउनु सबैको सहयोग र साथले मात्र सम्भव रहेको बताउदैं थप योजना बनाएर अगाडि बढ्ने बताए ।
कार्यक्रमका बाल बचत कर्ता, पूर्व पदाधिकारीहरुलाई सम्मान गर्दै एस.इ.इ मा उत्कृष्ठ अंक ल्याउने प्रगति नमुना माध्यमिक विद्यालयका विद्यार्थी आश्विन कडेललाई सम्मान गरेका बताए ।
कार्यक्रमका सञ्चालक संस्थाका सचिव बिसन वहादुर कार्कीले गरेका जानकारी दिए ।