अन्लुजना चौहान
लुम्बिनी / लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको लैङ्गिक हिंसा न्युनिकारण सरोकारवालाहरुको भुमिका बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोगमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको सुरुवाती लैङ्गिक हिंसा न्युनिकारण अन्त गर्नेका लागि सन् १९९१मा सेन्टरफोर ओमन्स ग्लोबल लिडरसिप को सहयोगमा बिभिन्न २३ देशहरुमा २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म मनाउने गरेको छ ।हाल १६दिने अभियानलाई विश्ववभर मनाउन थालेको ३१ वर्ष भएको छ।
महिला हिंसा मानवअधिकार हननको बिरुद्धमा सबै राष्ट्र तथा संयुत राष्ट्र संघले देशै भरि मानाईको छ । लैङ्गिक हिंसा महिला विरुद्ध योन हिंसा, बलात्कार, सामाजिक हिंसा ,बालविवाह , महिलालाई शारीरिक याैनजन्य मानसिक तनाव कुटपिट हिसा धम्की दबाब बारे किशोर किशोरीहरुलाई जनचेतना दिई विभिन्न निकायहरु संग छलफल गरिएको थियो । हिंसामा परेपछि प्रहारी जानकारी गराई प्रमाण सुरिक्षत साथ राख्ना प्रहारीलाई खबर गरि कार्यवाहीको लागि आफ्नो दायित्व पुरा गर्ने ,महिला हिंसा बिरुद्ध घटनाहरुको अन्त गर्ने सबै सरोकारवाला एक जुट भएमा लैङ्गिक हिसा अन्त हुने लुम्बिनी साँस्कृतिक नगरपालिकाका उप प्रमुख कल्पना हरिजनले जानकारी दिनु भएको थियो ।
स्वाथ्य तथा शिक्षाहरुमा भईरहेको लैङ्गिक हिंसा बिरुद्ध हामी सबैको सामुहिक ऐक्यबाध्यता र शुन्य सहनशिलतको निति बनाई सामुदायिक संघसंस्था तथा युवा किशोर किशोेरीको अगुवाई आम नगरिक सचेतना कार्यक्रम गरि यसलाई न्युनकरण गर्न सकिन्छ लुम्बिनी साँस्कृतिक नगरपालिका का शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुलीले जानकारी दिनुभएको छ ।
यस कार्यक्रमका अध्यक्ष उप प्रमुख कल्पना हरिजन र प्रमुख अतिथिम सजरुद्दिन मुसलमान र कार्यक्रम संचालक रन्जना चौधरीका र प्रभा पौडेलको सयुक्तमा कार्यक्रम ओरेको समन्यमा सञ्चालन भएको थियो ।
यसै कार्यक्रमा बौल्दै स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरी, सोभाखर पौडेल, रामनन्द्र आर्याल, किशोर किशोरी सञ्जालका श्याम कुमार यादव , आमा समुहका अध्यक्ष टिका कटेल लुम्बिनी ईलाका प्रहरी कार्यलयका कमल अाचाय लागयतले आ आफ्नो मनत्बय राखेको थियो ।