logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    जनताका लागि जनमुखि योजना : वडा अध्यक्ष श्रवण कुमार यादव


    २० मंसिर २०७९ , मंगलबार

    जनताका लागि जनमुखि योजना : वडा अध्यक्ष श्रवण कुमार यादव

    असलम खाँन / राकेश यादव
    मर्चवार, मंसिर । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ५ ले जनताका लागि जनमुखि योजना अगाडि बढाएको छ ।
    वडाका जनसमुदायमा देखिएका विविध किसिमका समस्या प्रति वडाले पहल गर्दै आईरहेको वडा अध्यक्ष श्रवण कुमार यादवले जानकारी दिए । जनताको कागजी कामकाजका साथै अन्य विकासका कार्यहरु वडा पालिकाले गर्दै आईरहेको छ ।
    शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, कृषि तथा बिद्युत्तको विषयलाई लिएर कार्य गरेको वडा अध्यक्ष यादवले बताए । वडाले केही मात्रामा गरिसकेका र केही गर्न बाँकी रहेको वडा अध्यक्ष यादवले जनाए । शिक्षाको क्षेत्रमा भौतिक तथा शैक्षिक समस्याहरु देखिएको हँुदा त्यसका लागि वडा योजना बनाएको वडा अध्यक्ष यादवले जानकारी दिए ।
    गरीब, महिला, बृद्ध बृद्धा, असहाय तथा अपाङ्गहरुका लागि स्वास्थ्यमा पनि केही समस्या रहेको हुदाँ सबैलाई नि:शूल्क चेकजाच तथा औषधी उपलब्ध गराउने योजना वडाको रहेको छ ।
    बाटोघाटो, कृषि, पशूपालन, खानेपानी उपलब्ध गराउनका लागि समेत वडाले पहल गरेको छ । वडा अध्यक्षले भने, “जनताका सेवामा वडाका जनप्रतिनिधि तथा कर्मचारी सरल र सहज हुने गरी सहकार्य गर्दै अगाडि बढेका छौं ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.