पशुपति यादव
रोहिणी, मंसिर । पूर्ण ब्रम्हा कवीर उपासक समाज रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपूर नामदान सेवा आश्रमको आयोजनामा दाइजो रहित विवाह सम्पन्न भएको छ ।
सिद्धार्थनगर जिल्ला दुल्हा खुर्द ग्राम पञ्चायत गाउँ पनि दुल्हा खुर्द भारत निवासी आमा सुशिला यादव र बुुबा महेन्द्र यादवको कोखवाट जन्मिएको रिता यादव दुल्ही र नवलपरासी जिल्ला रामग्राम नगरपालिका वडा न १६ अमवा निवासी आमा विद्या यादव वुवा वेचन यादवको कोखबाट जन्मिएका हृदेश यादव वेहुला वीच दहेज रहित रमैनी विवाह पूर्ण व्रम्हा कवीर उपासक समाजको भक्त भक्तमति अनुुयायीहरुको उपस्थितिमा विवाह सम्पन्न भएको एक भक्तमतिले बताए ।
पूर्ण व्रम्हा कवीर उपासक समाज नेपालको अभियान मानवमा रहेको विकृति हटाउनको लागि हामी अभियानमा जुटेका छौं । दाईजो रहित विवाह पशुपंक्षीको बली प्रथा अन्त्य भ्रटाचार मुक्त देश नसा मुक्त समाज निर्माण गर्नका लागि रहेको हो । शास्त्र अनुकुल साधना प्रदान गरी मोक्ष गतिको साथसाथै विश्व शान्तिको कामना सहितको उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ । उपासक समाज नवलपरासीका संयोजक रमैनी विवाहका सेवादार शर्मा प्रसाद यादवद्वारा १८ मिनेटमा रमैनी विवाह सम्पन्न भएको रामकुण्डल यादव दासले जानकारी दिए । रुपन्देही ओमसतिया ४ बसन्तपुर पुर्ण कवीर उपासक समाज ओमसतिया ४ बसन्तपुर नामदान सेवा आश्रमका संयोजक सन्तप्रसाद यादव दासको व्यवस्थापनमा चिया खुवाई दाईजो रहित विवाह सम्पन्न भएको छ ।