पशुपति यादव
रोहिणी, मंसिर । नेपाल सरकारको कार्य विधि अनुसार एक पालिका भित्र एक बैङ्कको शाखा कार्यालय पालिकाको कार्यालय भित्र सञ्चालन गर्ने नीति अनुसार ओमसतिया कार्यालय भित्र नै एन.एम.वी बैङ्कले शाखा कार्यालय सञ्चालन गर्ने तयारीमा जुटेका पालिकाले जनाएको छ । बैङ्कको शाखा कार्यालयबाट हुने फाइदाहरु के छन् त केन्द्रीय सरकारको विनियोजित बजेट प्रदेश सरकारको बजेट सिधै पालिका भित्र स्थापित रहेको बैकको शाखा कार्यालय मार्फत निकास सजिलो हुने पालिकाका अध्यक्ष मनजीत यादवले बताए ।
सेवाग्राहीको सुविधा आर्थिक सहायताको लागि आर्थिक सहयोगका सेवा ग्राहीलाई सजिलो सुविधा यस बैङ्कमा खाता सञ्चालन भएको जेष्ठ नागरिक एकल महिला अपाङ्ग बृद्धाको लागि सामाजिक सुरक्षा भत्ताको लागि सेवासहितको सुविधालाई अवलम्वन गरी सरकारको नीति सेवा गा्रहीको सुविधालाई ध्यानमा राखी गाउँपालिकाले लागि परेको पालिका प्रमुख प्रशासकिय सागर गौतमले लुम्बिनी खबरका सम्बादाता पशूपति यादवसंग कुराकानीको दौरानमा पौषमा नै एन.एम.वी बैङ्कको शाखा कार्यालय सञ्चालनमा आउने जानकारी दिए । पालिका कार्यालय भित्र बैङ्कको शाखा कार्यालय स्थापित भए पछि रकम निकास र पालिका भित्र विभिन्न विभाग जस्तै शिक्षा, कृषि, पशु र नापी लगायतका सेवाग्राहीहरुको लाग्ने सरकारी दस्तुर पालिकाको बैङ्कीङ् खातामा सरकारी दस्तुरभौचर भरी जम्मा गर्ने सजिलो रहेको उपाध्यक्ष सुनिता चौधरीले जानकारी दिए ।