अन्जना चाैहान
लुम्बिनी, मंसिर २२ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११
स्थित श्री मसिना बाबा नरेन्द्र पूरी मोग्लहा माध्यमिक विद्यालय मा ४ कोठे भवन को सिलान्यास गरिएको छ।
बिहीबार एक कार्यक्रम आयोजना गरि सो कार्यक्रम सम्पन्न भएको हो। विद्यालय का व्यवस्थापन समिति अध्यक्ष कार्तिकेय पूरी ज्यू को अध्यक्षतामा सञ्चालन गरिएको सो कार्यक्रम मा प्रमुख अतिथि लुम्बिनी सांस्कृतिक नगरपालिका का मेयर सजरुद्दिन खान, विशिष्ट अतिथि वडा नं ११ का वडा अध्यक्ष अक्रमुद्दिन् मुसलमान, शिक्षक अभिभावक संघ का अध्यक्ष विजय पासवान लगायत समिति का पदाधिकारी, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद पूरी ले सञ्चालन गरेको कार्यक्रम दिउँसो करिब बाह्र बजे सुरु भएको थियो भने आयोजक को तर्फ बाट सोही विद्यालयका रसायन शास्त्र का शिक्षक अभिषेक त्रिपाठी ले राख्नु भएको थियो। मन्तव्य का क्रम मा शिक्षक अभिभावक संघ का अध्यक्ष विजय पासवान ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको ४ कोठे भवन को योजना ल्याउन सहयोग गर्ने सबै लाई धन्यबाद दिँदै समिति द्वारा निरन्तर रूपमा विद्यालय को गुणस्तर सुधार मा अनवरत रूपमा प्रयास गरिएको बताए। मन्तव्य कै क्रममा वडा अध्यक्ष अकरमुद्दिन मुसलमान ले पनि वडा बाट हरसम्भव सहयोग विद्यालय लाई गरिने जनाए। प्रमुख अतिथि मेयर खान ले पनि विद्यालय लाई आवश्यक जनशक्ति लगायत पूर्वाधार मा पनि पालिका बाट पूर्ण रूपमा सहयोग हुने जानकारी दिए। अन्त्यमा कार्यक्रम का अध्यक्ष कार्तिकेय पूरीले विगत १० महिना देखि निरन्तर रूपमा विद्यालयको पूर्वाधार लगायत शैक्षिक गुणस्तर सुधार का निम्ति निरन्तर प्रयासरत रहेको र विद्यालयलाई जिल्ला को नमूना विद्यालयका रूपमा स्थापित गर्न कुनै पनि कसर बाँकी नराख्ने भन्दै टिनकाे छानाे मुक्त गरि छत ढलान गर्ने औपचारिक कार्यक्रम को समापन गर्नु भएको थियो।
सो पश्चात विधिवत रूपमा पुरोहित को उपस्थिति मा सिलान्यास गरिएको थियो।