logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    कृृषकका लागि पहिलो प्राथमिकता


    २५ मंसिर २०७९ , आइतबार

    कृृषकका लागि पहिलो प्राथमिकता

    सुरज ज्ञवाली/लुम्बिनीखबर
    भैरहवा,मंसिर ।रुपनदेहीको शुद्धोधन गाँउपालिका वार्ड नं. ५ ले किसानहरुको लागि विशेष सेवा सुविधा प्रवाह गरेको छ । स्थानीय तह निर्वाचन पछिको यो ६ महिनामा कृषकहरुलाई विशेष ध्यान दिएको देखिन्छ । वडा पालिकाका वडा अध्यक्ष चन्द्रभान चौधरी थारुले आफ्नो वडाका कृषकहरुका लागि आवश्यक कृषि सामग्री उपलब्ध उन्न्त जातको विउँ अनुुदानमा वितरण गरेको जानकारी दिए ।
    सिचाईका लागि टयूवेलको व्यवस्था समेत गरेको वडा पालिका अध्यक्षले जानाएका छन् । वडा पालिकामा जनताको सेवाहरु सरल र सहज रुपमा गर्ने थालनी समेत सुरु गरेका जनाए । वडा भित्रका पुराना वाटो घाटो मर्मत गर्नुको साथै नयाा बाटोमा पी.पी.सी ढलान गरेको वडा पालिकाले जनाएको छ । शुद्धोधन गाँउपालिका वार्ड नं. ५ भित्र भौतिक पूर्वाधारको विकास तिब्र रुपमा अगाडि बढेको देखिन्छ । जनताको स्वास्थ्य सुविधा विकास विस्तार गर्नका लागि गाँउपालिकाले विशेष योजना अगाडि सरेको छ । स्वास्थ्य चौकीमा आवश्यक्ता अनुसारको औषधी उपलब्ध गराउनुका साथै चेक जाचँका लागि समेत वडा पालिकाले पहल गरेको शुद्धोधन गाँउपालिका वडा न.५ को सुचना शाखाले जानकारी दिएको छ । यस वडाले शिक्षाको गुणस्तरीयता, खानेपानी तथा आपाङ्गका लागि समेत विभिन्न योजनाहरु अगाडि बढाएको छ । वडा सचिव तुलसा आर्यालले थ
    भनिन् “बालमैत्री वातावरण ,महिला असहाय र वृद्धाहरुको लागि आवश्यक्ता अनुसार काम गरिरहेको देखिन्छ । यस वडालाई धार्मिक ऐतिहासिक, पुरातात्विक पर्यटकीय स्थलको रुपमा विकास गर्न शुद्धोधन पार्क, डिउहार पकडी, पुरेनी दर्बाहन, भुवनेश्वरी, कोटही सितलपाटी , कुवार वर्ती, गाँउलाई विकास गर्ने योजना अगाडि सरेको वडा पालिकाले जनाएको छ । यँहा पशुसेवा, आयूर्वेदिक, औषधालय, खानेपानी र स्वास्थ्य चौकी ब्यवस्थित रुपमा सञ्चालनमा रहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.