रुविना थापा
मायादेवी, २८ मंसिर । सिद्धार्थनगर नगरपालिका वडा नं.–५ को विकास र संमृद्धिका कार्य सफल रुपमा अगाडि बढेको छ । निर्वाचन भइसके पश्चात ढिला सुस्ती भएका कार्यहरु अगाडि बढेको देखिन्छ । भैरहवा नमुना उच्च मा.वि.मा टाइल्स लगाउने, नाला, शौचालयको निर्माण, बाटोको ढलाई डिपबोरिङ्ग बनाउने कार्य पुरा भएको वडा अध्यक्ष पुरण प्रसाद श्रेष्ठले जानकारी दिए । सिभिल बंैक र वडाको सहकार्यमा वडाबासीमा डस्टविन वितरण, अपाङ्ग सहित १४५ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
लगभग ४१ लाखको बजेटमा धर्मशाला भवन निर्माण कार्य भइसकेको र प्रदेशको बजेट बाट १० लाख रुपियामा सिद्धार्थनगर नगरपालिका वडा नं. –५,करणी किमाई मन्दिर निर्माण गरेको वडा अध्यक्षको भनाइमा आएको छ । बाल मन्दिरको लागि वडाको बजेटबाट १० हजार छुट्याएको वडा अध्यक्ष श्रेष्ठले बताए । बाल उद्यान, जेष्ठ नागरिकको लागि ८ खाख बजेट, सार्वजनिक शौचालयको टेन्डरको प्रक्रियामा भएको कुरा वडा अध्यक्षले बताउछन् । सिद्धार्थनगरपालिका वडा नं.–५ ले मैत्री पथको ४ वटा बाटोलाई पनि ढलाई गर्ने भएको छ । नगरपालिका भित्र ३ लाख बजेटमा फ्री वाइफाई पनि व्यवस्था गर्ने भएको छ । नगरपालिकाले विद्युत प्राधिकरणसँग समन्वय गरेर सवा २ करोडको झिलिमिली बत्ती बाल्ने भएको छ ।
कन्सट्रक्सनका कामहरु अधुरै, बाटोघाटो निर्माण गर्न अधुरो, शिक्षाको क्षेत्रमा भैरहवा उच्च मा.वि., बाल मन्दिर गरी ३ वटा विद्यालयहरुको कामहरु सुधार गर्नुपर्ने, छाडाचौपायाहरु नियन्त्रण गर्नुपर्ने वडा अध्यक्षको भनाईमा आएको छ ।
स्वास्थ्य शिविर बजेट विनियोजन, जेष्ठ नागरिक बजेट, समाजिक विकास, खानेपानी वितरण, भौतिक पूर्वाधारको लागि ३७ लाख ८० हजार, वन वातावरण, विपत व्यवस्थापन वडाको रेकर्ड अनुसार वडा अध्यक्षले योजनामा ल्याएको जानकारी दिए ।