राकेश कोहाँर / लुम्बिनीखबर
धकधई, २९ मंसिर । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ ले जनताको माग अनुसार काम गरेको छ । वडाले जनताको आवश्यकतालाई मध्यनजर गरेर काम गरेको वडा अध्यक्ष इन्द्रमान चौधरी थारुले जानकारी दिए । वडा भित्रका विकास निर्माणका कार्य वडा निरन्तर लागि परेको वडा अध्यक्ष थारुले बताए । वडा भित्रका कतिपय बाटोघाटो भत्किएको हुदाँ त्यसलाई मर्मत गर्दै आएको वडा अध्यक्ष थारुले जनाए । वडा भित्र रहेको नाला निकास गर्नुका साथै सरसफाई समेत गरेको वडा अध्यक्ष थारुले जनाए । जनतामा खानेपानीको समस्या हुदाँ ह्यान्ड पाइप तथा धारा समेत वडाले वितरण गरेको वडा अध्यक्ष थारुले बताए । कृषकलाई उन्नत जातको विँउ विजन ५० प्रतिशत अनुदानमा वितरण गरेको वडा अध्यक्ष थारुले जानकारी दिए । जनतामा रहेको विभिन्न किसिमका कागजी समस्या घरमै पुुगी समाधान गर्दै आईरहेको वडा अध्यक्ष थारुले बताए । वडा भित्रका कतिपय कार्यहरु गर्न वाँकी नै छ त्यसका लागि वडाले योजना बनाइ सकेको र त्यसको आधारमा वजेट विनियोन गरिसकेको वडा अध्यक्ष थारुले जनाए । शिक्षाको क्षेत्रमा विभिन्न किसिमका समस्याहरु प्रति वडाले भौतिक व्यवस्थापन गर्नुको साथै शिक्षिक सामग्री तथा विद्यार्र्र्थीका लागि चाहिने आवश्यक खेलकुद सामग्री उपलब्ध गराउने योजना वनाएको र वजेट पनि विनियोजित गरिसकेको वडा अध्यक्ष थारुले बताए । विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गर्ने कार्यका लागि वडा पालिकाले पहल गरेको वडा अध्यक्ष थारुले जनाए । वडा अध्यक्ष थारुले भने, “ जनतामा सरल सहज र सजिलो सेवा पुर्याउनका लागि वडाका जनप्रतिनिधि र कर्मचारीहरु सहकार्य गर्दै अगाडि बढेका छौं । ”