रुविना थापा
मायादेवी, २९ मंसिर । सिद्धार्थनगर नगरपालिका वडा नं.– ८ ले महिलाहरुलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम दिदैं आएको छ । आत्मनिर्भर बनाउनको लागि सिलाई, बुनाई, कटाई, च्याउखेती, अगरबत्ती, अचार, गुडियाहरु बनाउने कार्यक्रम संचालन गदै आईरहेको वडा अध्यक्ष राजनजंङ्ग राणाले जानकारी दिए । सीपमूलक तालिम पश्चात महिलाहरु आत्मा निर्भर हुने र दैनिक जीवन यापन गर्न सहज हुने भन्ने वडा अध्यक्ष राणाले दावी गरेका छन् । सीपमूलक तालिम दिन लिन जरुरी देखिन्छ । विभिन्न जुत्ता, कपडालाई कडाई गर्दा जुत्ता, कपडा आकर्षक देखिने र बजारमा मूल्य राम्रो हुने हुँदा आत्मनिर्भर भई महिलाहरुको आर्थिक अवस्थामा सुधार आउने कुरामा वडा अध्यक्ष ढुक्क भएको बताए् ।
बाटोघाटो बनाउने, सबै वडाका घरहरुमा खानेपानीको सुविधा हुँदैन सुविधा नभएका वडाका घरहरुमा खानेपानी उपलब्ध वडाले गरेको वडा अध्यक्ष राणाले बताए । कृषि क्षेत्रमा किसानहरुलाई कृषिका लागि चाहिने मलखाद तथा अन्य कृषि सामग्रीको अत्यन्तै आभावरहेको नेपाल सरकार आफै पनि मलको समस्यामारहेको वडा अध्यक्ष राणाले बताए । यस कारणले पनि कृषि विकासमा त्यति सुधार नआएको वडा अध्यक्ष राणाले बताए ।
कार्यहरु गर्दै जाँदा समस्याहरु त आएकै हुन्छ । वडामा जे जस्तो समस्या आउँछ, त्यसलाई मुख्य समस्या मानेर सरल, सहज तरिकाले समधान गर्दै आइरहेको वडा अध्यक्ष राणाले जानकारी दिए ।