logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लुम्बिनी प्रेस क्लबको ऐतिहासीक विधान सम्मेलन


    ४ पौस २०७९ , सोमबार

    लुम्बिनी प्रेस क्लबको ऐतिहासीक विधान सम्मेलन

    पशुपति यादव
    रोहिणी, ४ पुस । पीपलको वीउँ आखाँवाट हेर्न गाह्रो छ । तर ठूलो पीपलको वोटको आकार प्रकार त्यही बीउँ भित्र लुकिएका हुन्छन् ।
    सन्दर्भ २०७२ सालमा लुम्बिनी प्रेस क्लब गठन भएको स्थापना सम्वत मितिले नै देखिन्छ ।
    भैरहवा, धकधई, लुम्बिनी र मर्चवार क्षेत्रलाई समेट्ने गरी क्रियाशील समावेशिता पत्रकारहरुको साझाँ संस्थाको रुपमा यो क्लबको स्थापना भएको हो ।
    भैरहवाका पत्रकारहरुको अगुवाइमा क्लब को गठन भएको हो । स्थापनाकालका संस्थापक अध्यक्ष माधव ढुुङ्गाना भएको बैठक पुस्तिकामा नै उल्लेख रहेको छ ।
    सोमबार लम्बिनी प्रेस क्लब द्वारा आयोजित प्रथम विधान सम्मेलन एक कार्यक्रम वीच सम्पन्न भएको छ ।
    विधान सम्मेलनमा बदलिदो समयको परिवेशलाई मध्यनजर गर्दै पुरानो विधानमा थप १४ वटा वुदाँ समावेश गर्ने प्रस्ताव राखेर समयानुसारको वुदाँगत विधान लेखनका संयोजक कमल रायमाझी ले जानकारी दिएका थिए ।
    क्लबमा सद्स्यता विस्तारका लागि समावेशीतालाई प्राथमिक्तामा राखी सात वटा बुदाँलाई मध्यनजर गर्दै वनाएका मापदण्ड अनुसार नै सदस्यता विस्तार गर्ने सदस्यता दिने मापदण्ड निर्माणका संयोजक प्रकाश न्यौपाने ले बताएका थिए ।
    प्रथम विधान सम्मेलनका विधान लेखनका संयोजक कमल रायमाझी को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि क्लब संस्थापक अध्यक्ष माधव ढङगाना को सुुझाव सहित सम्पन्न भएको कार्यक्रमा सदस्य रविन्द्र गुप्ताको संचालनमा अनुशासन समितिको संयोजक पशुपति यादवको स्वागतमा उल्लेखित बुदाँ उपर क्लवका पदाधिकारीहरु आ आफ्नो सुुझाव र गहकीला तार्किक छलफल गरी समय पहिचान सहित समावेश गर्ने गरी पदाधिकारीहरु सुझाएका थिए । क्लबका वर्तमान अध्यक्ष नरेश के.सी निवर्तमान अध्यक्ष दिपेश पन्छाई सल्लाहकार कुलमणि ज्ञवाली चेतन पन्त को उपस्थिति रहेको थियो ।
    नेपालमा नमुना कामबाट गरेर चर्चामा आएका लुम्बिनी प्रेस क्लबले सुनकुमारी बचाउ अभियान, लुम्बिनी न्युज फेस्टिबल, मधेस प्रदेशमा आएको प्राकृती प्रकोपमा आर्थिक सहयोग जस्ता मानवीय काम गरेको छ । यसलाई अझ समयसापेक्ष बनाउन र श्रमजिवि प्रत्रकारहरुको हक अधिकारका लागि यसले काम गर्ने क्लबको सुचना शाखाले जनाएको छ । बिधान सम्मेलन आएका प्रस्ताव माथी गहन र गम्भीर रुपमा छलफल भएका छन् । जसको अन्तिम रुपमा दिने काम भैरहको क्लबका पदाधिकारीहरु बताउँछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.