स्पा लाई कसरी बुझ्ने ?
स्पा थकान र तनाव व्यवस्थापन गर्ने एक गन्तव्य हो । यसले व्यस्त जीवनशैलीबाट हुने थकान र तनावलाई व्यवस्थापन गर्ने काम गर्दछ । माटो, हावा, पानी, ताप र प्राकृतिक वातावरणको माध्यमबाट शरीर र मस्तिष्क स्वस्थ राख्न गरिने उपचार पद्धती नै स्पा हो । स्पा मार्फत विभिन्न थेरापीबाट विकार तत्व बाहिर निकाली शरीर स्वस्थ र तनावबाट मुक्त राख्न सहयोग पुर्याउने गर्दछ । विभिन्न उमेर समुहका मानिसहरुले यो सेवा लिन सक्दछन् । यसले मानिसमा आउने तनाव र थकान हटाएर ऊर्जा भर्छ । यो आयुर्वेदिक पद्धतीबाट उपचार गरिने भएकाले साईट इफेक्ट हुदैन । मानव जिवनमा स्पा अत्यावश्यक छ ।
स्पा लाई शारीरिक र मानसिक रुपमा गर्ने उपचार पद्धती भनिन्छ यो कसरी गरिन्छ ?
आधुनिक समयको आगमन संगै मानिसमा विभिन्न प्रकारका रोग तथा मानसिक समस्याहरु आउने गर्दछन् । मानिसहरुले आफुलाई आउने समस्याहरु अस्पताल तथा डाक्टरहरुकोमा जाने गरेको देखिन्छ । जसले आधुनिक समयले उत्पादन गरेका औजार तथा मेसीनबाट उपचार गरिन्छ । हामीले गर्ने उपचार थेरापी भनेको हातबाट गरिन्छ । यो परम्परागत तथा आयूर्वेदिक पद्धतीबाट गर्ने तरिका हो । स्पा थेरापीले मानिसलाई शारीरिक र मानसिक रुपमा आनन्द र सुख दिने काम गर्दछ । यो विभिन्न माध्यामबाट गरिन्छ । साउना बाथ, स्टिम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, जोइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापी स्पा भित्र पर्दछन् ।
स्पा थेरापीले शरिर, मन, बिचार, भाव हुदै आत्मसम्मलाई शुद्ध पारि आनन्द दिन्छ, भनिन्छ खास किन ?
हो, स्पा थेरापीले शरिर, मन, बिचार, भाव हुदै आत्मसम्मलाई शुद्ध पारि आनन्द दिन्छ । मानिसहरुले हेयर स्पा, फेस स्पा, नेक स्पा, आई स्पा, फुट स्पा, नेल स्पा, स्किन स्पा, बडी स्पाहरु स्पा सेन्टरमा गर्ने गर्दछन् । शरीरका प्रत्येक भागलाई विभाजन गरी ट्रिटमेन्ट, रिल्याक्सेसन र आउटलुक्स मेन्टेन गर्ने काम स्पाले गर्ने गर्छ ।
समाजमा रोजगार र आर्थिक उर्पाजनका लागि यो पेशा कत्तिको सुरक्षित छ ?
नेपालमा यो पेशा सुरक्षित नै छ । समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ । यो पेशा गर्नेहरुले राम्रो आम्दानी गर्न सकेका छन् । आन्तरिक र बाह्य पर्यटकहरुलाई स्पा तथा थेरापी सेन्टरले आकर्षण गरि मनग्य आम्दानी गर्न सकेका छन् । धेरै युवा—युवतीहरुले रोजगार पाएका छन् । राज्यले राजस्व प्राप्त गरेको छ । यस कारण यो पेशालाई अझ सुरक्षित बनाउन आवश्यक छ । यसका लागि सरकारी निकाय, प्रहरी तथा समाज सवै पक्षले यस्ता व्यवसायी प्रति सकारात्मक सोच राख्नु पर्दछ ।
स्पा तथा मसाज सेन्टरमा यौन क्रियाक्लाव हुन्छ भन्ने आरोप छ नि ?
केहि स्पा सेन्टरहरुले गलत गरे भनेर सवैलाई एउटै बास्केटमा हाल्नु हुदैन । स्पा भनेको परम्परागत आयूर्वेदिक पद्धतीबाट उपचार गर्ने विधि हो । हामी सधै यसैको परिभाषामा रहेर काम गरेका छौँ । यौन क्रियाक्लाव स्पा सेन्टरहरु हुनुहुदैन । हामी यसको विरुद्धमा छौ । गलत गर्नेलाई प्रहरी तथा प्रशासनले कार्वाही गर्नु पर्दछ ।
कानुनी र व्यवहारिक रुपमा समस्या केके झेल्नु भएको छ ?
व्यावसायी सञ्चालन गर्दा विभिन्न समस्याहरु आउनु नेपाल जस्तो मुलुकमा स्वभाविक मानिन्छ । यो सवै व्यापार व्यवसायी गर्नेहरुका लागि चुनौती बनेको छ । हामीलाई पनि बेलाबेलामा विभिन्न समस्याहरु आउने गर्दछन् । यस्ता समस्याहरु नआइदियोस भन्ने हाम्रो चाहाना हो ।
लुिम्बनीखवर मार्फत ग्राहक बर्गहरुलाई के भन्न चाहानु हुन्छ ?
भैरहवाको आर्थिक विकासमा स्पा तथा मसाज सेन्टरहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । यसको मापदण्ड र कानुनी प्रकृया पुरा गरेर स्पा सञ्चालन गर्नुपर्दछ । सवै मानिसहरु स्पा सेन्टरको अनुभव लिनु पर्दछ । यो मानिसको मानसिक र शारिरीक आनन्दका लागि महत्वपुर्ण छ । यहाँहरु सवैमा एक पटक स्पामा पुगेर स्पा गराउन आग्रह गर्दछु ।