logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    चिसो बढेपछि जनजीवन कष्टकर


    १७ पौस २०७९ , आइतबार

    चिसो बढेपछि जनजीवन कष्टकर

    लुम्बिनीखबर
    भैरहवा,  पुस । केहि दिनदेखि चिसो ह्वात्तै बढेपछि रुपन्देही लगायत तराईको जनजीवन कष्टकर बनेको छ । भैरहवा, परासी, तौलिहवा लगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् । भैरहवामा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय श्याम अधिकारीले बताउनुभयो । “चिसोले घरबाहिर निस्किन सकिएको छैन”, उहाँले भन्नुभयो । चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले काम गर्न जान नपाएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१ का रमेश घर्तीले ले बताउनुभयो । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् । चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन् । भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका युनिभर्सल मेडिकल कलेज, सिद्धार्थनगर सिटि अस्पतालम दैनिक जसो जाडोको समयमा हुने विरामीको सख्यामा बृद्धि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालमा विशेस गरेर बालबालिका र बृद्धबृद्धाहरु आउने गरेका छन् । यहाँका स्कुल, कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु र उद्योगहरुका कामगर्ने मजदुरहरुलाई जाडोका कारण काममा समस्या परेको देखिन्छ । यहाँका टोलबस्तीहरुमा चिसोबाट बच्नका लागि स्थानीय सरकारले दाउराको व्यवस्था नगरेका गुनासाहरु समेत आउने गरेको स्थानीय तहका प्रमुखहरु बताउँछन् । जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको व्यवस्थापन नगरेको देखिन्छ । खास गरेर यहाँ जाडोका कारण विपन्न वर्गलाई वढी प्रभावित बनाएको अस्पतालका चिकित्सकहरु बताउँछन् । स्थानीय प्रशासन र स्थानीय तहहरुले दाउराको व्यवस्थापनमा लागेको बताएका छन् । चिसोकै कारण सवारी साधनमा यात्रुको चाप घटेको छ । सकारी कार्यालयहरुमा समेत सेवाग्राहीको उपस्थित समेत न्युन रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । यस बर्ष पुसमै चिसो बढि भएको छ । विगत बर्षहरुमा पुसको अन्त्यतिर बढ्ने चिसो अहिले सुरुका दिन देखि बढेको स्थानीयहरुले बताउँछन् । पछिल्ला दिनहरुमा एकाबिहानै देखि बाक्लो हुस्सु लागेर चिसो सिरेटो चल्ने गरेको छ । चिसोले सवैलाई प्रभावित बनाएपनि झुप्रा घर र विपन्न बस्तीहरुमा समस्या पारेको देखिन्छ । तराईका मुसहर बस्ती, डोम, चमार र मजदुरहरुको बस्ती बढि प्रभावित बनेको छ । चुनावको समयमा नेताहरुले विपन्नहरु लागि विभिन्न प्याकेजमा प्रतिवद्धता गरेपनि अहिले उनिहरु हराएको जाडोबाट प्रभावित हुनेहरुले बताउछन् । चिसोका कारण तराई क्षेत्रमा व्यापार व्यवसायी समेत मन्द गतिमा चलेका छन् र कृषि क्षेत्रमा समेत चिसोले प्रभावित बनाएको कृषकहरु बताउछन् । चिसो बढेपछि सुत्केरी महिला र बालबालिकाहरुलाई स्याहार सम्भारमा कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो कपडाको समस्या समेत गरिब बस्तीहरुमा देखिएको स्थानीयहरु बताउँछन् । स्वास्थ्य संघ संस्थाहरुले सुचना प्रशारण गरेर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भावरमा ध्यान दिन आग्रह गरेका छन् । घरमा सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नगरि बाहिर ननिस्कन, न्यानो ठाउमा बस्न र सरसफाईमा ध्यान दिन आग्रह गरेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएके छ । तराईका स्थानीय सरकार प्रमुखहरुले चिसोको समाधानका लागि सरसल्लाह शुरु गरेको देखिन्छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले चिसोबाट बच्न पुर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.