logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा इन्टरनेशनल एजुकेशन कन्सफेन इन्टरनेशनल एजुकेशन अवार्ड समारोह


    २६ पौस २०७९ , मंगलबार

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा इन्टरनेशनल एजुकेशन कन्सफेन इन्टरनेशनल एजुकेशन अवार्ड समारोह

    अन्जना चौहान
    लुम्बिनी , पुस । लुम्बिनी बौद्ध विश्वविद्यालयमा इन्टरनेशनल एजुकेशन कन्सफेन इन्टरनेशनल एजुकेशन अवार्ड समारोह गर्ने भएको छ । भारतको बेसिक एजुकेशन मोमेन्ट अफ इन्डियाले नेपाल, भारत र भुटान देशहरुमा बौद्ध शिक्षा विश्व शान्तिको लागि बौद्ध शिक्षा विद्यार्थीहरुलाई सुरु देखि बौद्धको बाटोमा हिडने र उहाँको बाणी कृतिहरु बेसिक शिक्षाबाट नै लागु गर्ने र बालबालिकाहरुलाई बौद्ध शिक्षा पढाउन र बेशिक शिक्षाहरु भारतका विभिन्न प्रान्तहरुमा कार्य गर्दा आइरहेकोले नेपालमा लम्बिनी आसपासका विद्यालयहरुमा पढाइ सगै बौद्ध शिक्षा पनि जरुरी रहेकोले बौद्ध शिक्षाबाट मानव जातिका कल्याण र सदभाव रहने भएको सबै मानव जाति एक हौं र सबै वर्गहरुले शिक्षा समान रुपले पाउने पर्छ । शिक्षा क्षेत्रलाई अगाडि बढाउन हाम्रो मुख्य उद्देश्य रहेको कार्यक्रममा बताउनु भयो ।यस क्षेत्रमा नेपाल, भारत र भुटानका शिक्षकहरुले शिक्षालाई विभिन्न साँस्कृतिक कार्यक्रम गरेर आफ्नो स्कुलमा कार्यान्वन गर्दै आइरहेकोले विभिन्न शिक्षकको काम र मुल्याङ्कन गरी बेसिक शिक्षक मोमेन्ट अफ इन्डियाले अवार्ड दिन लागेको कार्यक्रमका संयोजक उमेश यादवले जानकारी दिनु भयो ।
    कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख मान्नीय अमिक शेरचनले कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।
    विशिष्ट अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डाक्टर हृदयरत्न बज्रचार्य त्यसै गरी वौद्ध संकायका डाक्टर मणिरत्न शाक्य , मानवीक संकाय तथा सामाजिक संकायका डाक्टर हरिराणा चख्खुले शिक्षालाई अगाडि बढाउनका लागि र बालबालिकाहरुलाई सानै देखि बौद्ध शिक्षा संग जोडेर अगाडि बढाउन हाम्रो सहयोग निरन्तर रहने बताउनु भयो ।
    लुम्बिनी प्रदेश (ख) का सदस्य चन्द्रकेश गुप्ताले शिक्षा विनाको मानिस केही गर्न सक्दैन । आजको यूगमा शिक्षाको धेरै जरुरी रहेको छ । त्यसको लागि म आफ्नो तर्फ र प्रदेशको तर्फबाट समुदायिक विद्यालयमा प्राइमरी स्कुल देखि नै इंगलिस मिडियम गराउने गुप्ताले बताउनु भयो ।
    लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले जब हाम्रो समुदायहरु शिक्षित हुन्छ तब हाम्रो विकास हुन्छ । लुम्बिनी पर्यटनद्वार भएकाले लुम्बिनीको कालिदह भन्सार नाकामा समस्या आइरहेको हुनाले यो नाकालाई पर्यटकहरुलाई सुबिधा दिन पर्ने, पर्यटकहरुलाई सहजीकरण गरी पर्यटकलाई कुनै समस्याहरु झेल्नु नपर्ने गरी यो नाका पूर्ण रुपका खुल्ला गर्नु पर्ने हरिजनले बताउनु भयो ।
    लुम्बिनी विकास कोषको उपाध्यक्ष भन्ते मेत्तयाई शाक्यले लुम्बिनी बौद्ध शिक्षा बाट जोडेर लैजाने भने शिक्षा मानव सभ्यता रहने हुनाले बौद्ध शिक्षा सानै कक्षा देखि बालबालिकाहरुलाई दिन पर्ने र यसबाट मानव सभ्यताको विकास सानै देखि भएमा वातावरण अस्थिरता बोक्न सकिने भएकोले बौद्ध शिक्षा जरुरी रहेको भन्तेले जानकारी गराएका छन् ।
    यस कार्यक्रमका अध्यक्ष भारतका डाक्टर राकेश शर्मा, कार्याक्र संयोजक सुनील आन्नत, बालजीत सिंह कनौजीया, बन्दना पटेल, मनिष गौतम, मन्जेश र डाक्टर रुपक नेपालका शिक्षक रामवली यादव, शिवप्यासी, तुलसीराम यादव, शतिसचन्द्रमणि त्रिपाठीले आफनो मन्तव्य राखेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.