logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    गैडहवा गाउँपालिकामा हिउँदे अधिबेशन


    २८ पौस २०७९ , बिहिबार

    गैडहवा गाउँपालिकामा हिउँदे अधिबेशन

    दीपक सुमन / जैसवाल
    पुस २८गते /रुपन्देहीको गैडहवा गाउँपालिकामा हिउँदे अधिबेशन सुरु भएको छ । गाउँपालिका भवन हालमा अधिबेशनले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको छ । चालू आर्थिक बर्षमा छुटाएकाे कुल बजेट मध्ये हाल सम्म पुजीगत ५.६८ र चालू तर्फ २३ प्रतिशत खर्च भएको सार्बजनिक गरिएको छ ।

    शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन पुर्वाधार क्षेत्रकाे बिकास संगै नीति निर्माण,योजना संशोधन ,योजना कार्यान्वयन सहित पालिकालाई समृद्धि बनाउने तर्फ केन्द्रित भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनु भएको छ् ।

    गैडहवा ताल संगै गाउँपालिका भित्र पर्यटन क्षेत्र संगै भौतिक पुर्बाधारका कामले निरन्तरता पाएको जिकिर गर्दै चुनावको बेला बाचा गरेका योजनाले मुर्त रुप लिने अध्यक्ष पौडेलले बताउनु भयो । अध्यक्ष पौडेलले गाउँपालिकालाई नमुना पालिका बनाउन सबैको सहयोग र साथ आबस्यक रहेको उल्लेख गर्नु भयो ।

    कृषि स्वास्थ्य पर्यटनको हबको रुपमा पालिकालाई बिकास गर्ने गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले बताउनु भयो ।

    कार्यक्रममा गैडहवा गाउँपालिका वडा न.१ देखि ९ सम्मका जनप्रतिनिधिले बिकास सगै प्रश्न,गुनासो र सुझाव राख्नु भएको थियोे ।
    सभा कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख माधबराज पौडेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत कृष्ण पन्थीको सन्चालन गर्नु भएको थियोे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.