उदयराम पौडेल
निरङ्कुश जहानीया राणा शासन बाट मुक्त भएर प्रजातन्त्रको युग घोषणा भए पनि ७२ वर्ष विति सक्यो । यो काल खण्डमा अनेका वार सरकार आए तर कुनै पनि सरकारकोले देशलाई कुनै पनि विषयमा आत्म निर्भरको बाटो तर्फ डो¥याउन सकेन् । केवल सत रुपी पोखरीमा रमीता गर्दै झुठ र लुटमा देशलाई यसरी नै फसाए जसरी जसरी माकुराको जालमा किरा फस्छ । भाषण भुषण चिल्ला मिठा चिप्ला शब्द जालको पासोमा देश र जनतालाई डुवाए । राजनीति भनेको देश र जनहितको लागि गर्ने दर्शन हो तर हाम्रो राजनीति व्यक्ति र दलिय स्वार्थ पुरा गर्ने तर्फ चुर्लुम्म डुब्यो । देश र जनताको हित कै नाउँमा भ्रष्टाचार,तस्कर, अपराधीहरुलाई संरक्षण गर्दै छन् । देश र जनतालाई डुवाउदै गएका छन् । भने नेता र उनका आसेपासे मोटाउदै गएका छन् । यस प्रकारको राजनीतिले न त देशको विकास हुन्छ । न त जनताको विकास हुन्छ । केवल लुटतन्त्र नै अरु झङ्गिदै जाने अवस्थाको सिर्जना भएको छ । कृषि प्रधान देशको हालत दिन प्रति दिन बेहाल हुदै गएको छ । उत्पादक्त्वमा बृद्धि हुनु भन्दा ह्रास हुदै गएको छ । खरबौ रकम खाद्यानमा खर्च गर्नु परेको छ । जसले गर्दा देशको अर्थतन्त्र डमाडोल हुन पुगेको छ । आफ्ना भएका साधन स्रोतहरुको गर्ने तर्फ सरकार निस्कृय हुदै गएको छ । हुन त केले गर्ने भाडो खाली छ ।
वर्तमान समयको प्रतिनिधित्व गर्दै नयाँ सरकारले सत्ता ग्रहण गरेको छ । तर यसको संरचनालाई हेर्दा एक तर्फ आधी अर्को तर्फ झोलुङ्ग जस्तै देखिएको छ । किनभने साचो प्रधानमन्त्रीको हातमा छैन् । स्वच्छ हावा निर्मल आकाशमा विचरण गर्ने गुण, धर्म, र शक्ति भएर पनि पिजडामा परेको सुगा उड्न सक्दैन् । ठिक त्यस्तै केही गर्न चाहेर पनि प्रधानमन्त्रीले केही गर्न सक्ने अवस्था छैन् । ज्यादै कुजो र लुलो हुनु भएको छ । केही गर्न नसके पनि तेस्रो पटक प्रधानमन्त्री हुने रहर भने कसैले पुरा गरी दिएको छ । यसैलाई उपलब्धिको रुपमा मान्ने हो भने देश र जनताको लागि यो भन्दा ठूलो दुर्भाग्य अरु के हुन सक्छ । देशमा देखिएको विकराल समस्याहरुले निकास पाउन सक्दैनन् । अपराधी र भ्रष्टहरुको मनोबल वढाउने काम एमालेले सदनमा अपराधी ठहर भएका व्यक्तिलाई सफत ग्रहण गराएर मान्यता प्रदान गरेको छ । अन्य दल र स्वयम गृहमन्त्री र प्रधानमन्त्री निरह भएका छन् । यदी यस्तै प्रवृति रहयो भने भ्रष्ट ,अपराधी र ठेकेदारहरुलाई नै देश जिम्मा लगाई दिए भएन र किन चुनावको नाटक गरेर जनताको नजरमा छारो हाल्नु प¥यो । राजनीतिको पनि सीमा गुण, धर्म, मुल्य र मान्यताहरु हुन्छन् । ती सबै समाप्त भएका छन् । जसले गर्दा देश खोक्रो भएको यहाँ महसुस हुदै छ । देशलाई नराम्रो संग चुसे र छोक्रा बनाए ।
एकला राम झठ्ठा भन्ने उखान छ । सबै मान्ननीयहरु खराब छन् भन्ने लेखको अभिप्राय होइनन । इमानदार स्वच्छ छबि भएका पनि छन् । तर दलीयरुप, दलको नीति, नियम र नियतको विरोध गर्न सक्दैनन । त्यसैले हाँसको माझमा बकुल्ला जस्तै हुनु परेको छ । वर्तमान सरकार खोइलाको कटेरी हो । समयको बेगलाई थाम्न सक्ने शक्ति छैन् । कारण कुनै पनि शक्ति स्थिर रहदैन् । यो प्राकृतिको नियम हो । परिवर्तनशील संसार परिवर्तन भइरहन्छ । जहा रीति तिथि रहदैन् । त्यहाँ व्यतिथि फैलिन्छ । त्यहाँ कुनै शक्ति पैदा हुन्छ । यो कलियुग हो । अहिले मानिसको सोच बुद्धि विवेक आदि सम्पुर्ण अंगमा पांपाचा रुपी जहर फैलिएको छ । त्यसैले सुकर्म भन्दा कुकर्मले प्रश्रय पाएको छ । यस प्रकारको प्रदुषण हटाएर स्वच्छ वातावरणको सिर्जना गर्नु पनि राजनीति हो । तर आजको युगमा त्यस्तो सत्य पुरुषको आभाव खडकेको छ । छिमेकी राष्ट्र भारतमा हेर्दा त्यहाँ राजनीतिक स्थिति छ । तर हाम्रो यहाँ भने न त राष्ट्र राष्ट्रिता छ न त राजनीति न त तिथि नै छ जता ततै ब्यतिथि भ्रष्टाचार अपराध तस्कर विचौलिया आदिको वोलावाला मात्र मचिएको छ । कसरी देश माथि लाग्छ र जनजीवनमा सुधार हुन्छ । सबैलाई सत्ता चाहिएको छ । किन प्रश्न नै प्रश्न खडा भएका छन् ।
देशको अर्थतन्त्र पनि वेहाल अवस्थावाट गुर्जदै छ । भन्सार अन्तशुल्क लक्ष्य अनुसार उठ्न सकेको छैन् । आम्दनी भन्दा खर्च बढ्दै गएको छ । देशको आम्दनीले खर्च धान्न नसक्ने अवस्था देखिनु निश्चै नै लाजलाग्दो अवस्था हो । विकास गर्ने कुरा धेरै टाढाको विषय हुदै छ । जो हुनु पर्ने हो त्यो हुदैन् । जे नहुनु पर्ने हो त्यो चाडो हुन्छ । कारण कोही पनि जिम्मेदार छैन् । गैर जिम्मेदार भएकै हुनाले धेरै समस्याहरु देखा परेका छन् । किनभने सबै भन्दा पहिले राजनीति वृत नै गैर जिम्मेदारी भएको हुदाँ त्यसकै परिणाम सबै संघ संस्था र कर्मचारीतन्त्रमा पनि परेको छ । जव सम्म राजनीति इमानदार, कर्तव्य निष्ट हुदैन् । तब सम्म कुनै पनि क्षेत्र जिम्मेदार र इमानदार हुदैन । सर्बप्रथम राजनीतिक भ्रष्ट भएको छ । त्यसैको प्रभाव अन्य क्षेत्रमा फैलिएको छ । वर्तमान राजनीतिले अपराधीहरुलाई दण्ड दिनु भन्दा अंगालो मारेको छ । जसले गर्दा अपराधी करण भ्रष्टमै हुदै गएको छ । यसलाई कसरी सुधार गर्ने गाह्रो प्रश्न खडा छ ।वास्तवमा देश र जनता प्रति राजनीति जिम्मेवार हुनै सकेन् । त्यसैले लुटतन्त्र हो कि गणतन्त्र मानिसको मानसिकता विग्रे पछि पद्धति राम्रो हुने प्रश्न नै भएन् । विधि, विधान र कानुन भएर पनि सही प्रयोग नभए पछि भद्रगोल हुने नै भयो । खराव नीति र नियतको परिणाम हो ।
संसार हो के छैन् । अनेकौ प्रकारका वीर महापुरुषहरुको पनि कमि छैन् । त्यस्तै आकाश पताल र आन्तरिक्ष चहार्दै संसार लाई उपलब्धि प्रदान गर्ने वैज्ञानिकहरु पनि यही संसार सृर्जनामा अटाएको छ । कला कौशलले भरिपुर्ण मर्यादित आदर्श मानव अस्तित्व पनि यही जगतमा अटाएको छ । त्यस्तै युग परिवर्तनकारी नेता दर्शनधारीहरुको अभाव छैन् । त्यस्तै निच, विवेकहीन, चोर, डाका ,सामान्त शोषक ,झुठ ,फरेवी, आचरणहिन, फटहा, छल्याहा, भ्रष्ट,अपराधी, प्रवृति भएका कुकृतिहरु पनि यसै सृष्टिमा फष्टाएकै छन् । यस प्रकार दुःखदायी विषयले मानवीय गुण, धर्म र मर्यादित आचरणलाई धमिलाउने कुकर्मीलाई , जब सम्म दण्डीत गरिदैन् । तब सम्म समाज स्वच्छ हुदैन् । कारण यस प्रकारका भ्रष्ट तत्वहरुबाट देश र जनहित हुन सक्दैन् । नयाँ मुल्लाले धेरै पटक नवाज पढेर आफ्नो समुहलाई विश्वास दिलाउन खोजे जस्तै हाम्रा श्राद्ध नेताहरुले पनि भ्रष्टाचार र अपराधलाई समाप्त गर्ने धेरै पटक प्रतिबद्धता व्यक्त गर्दै हिडेका छन् । संचार माध्यमहरुले पनि त्यसलाई उचालिरहेका छन् । वत्तिमुनी अन्धकार भने जस्तै ज्यान सम्बन्धित केशमा सजाय पाएका अपराधीहरुलाई आफ्नै सामु हुदाँ पनि पक्रन सकेको छैनन् । खोई केले रोक्यो ।
किन झुठो बोलेर जनतालाई भ्रम छर्न प¥यो । काम गरेर देखाए भयो नि । धेरै अघि गत विगत काल देखि नै सबै नेताहरुले भ्रष्टाचार र अपराध समाप्त गर्छौ राम राज्य स्थापना , देशलाई स्वर्ग मात्र होइन् । बैकुण्ठ पुरी बनाउछौं, भन्दै आए । तर खोई नर्कपुरी बनाए । जता हे¥यो । उतै झनझन भ्रष्ट अपराधहरु बढ्दै गएको देखिन्छ । ढिला सुस्तीले सिमा नाग्दैछ । एक घण्टामा हुने काम चार दिन धाउदा पनि हुदैन् । अनेकौ अटचन थाप्द छन् । पैसा दिए तुरुन्तै हुन्छ , कि त रकम खर्च गर्नु प¥यो , कि त शक्चित देखाउनु प¥यो । यस्तै छ हाम्रो सुशासन कहिले सुधार हुने , कसले गर्ने, कानुनी शासन स्थिापित मुखले भनेर मात्र भएन व्यवहारमा सिस्टम लागु हुनु प¥यो । टोक्कन सिस्टमलाई कडाइका साथ लागु गर्न सके केही हुन्थ्यो कि ? त्यो पनि भन्सुन गर्नेहरुलाई निस्तेज गर्न सक्नु प¥यो । गरे के हुदैन र आट गर्नु प¥यो । सर्बप्रथम टुप्पी देखि नै पैताला सम्म लागु गर्ने संयन्त्र बनाउनु प¥यो । निष्पक्ष, स्वच्छ ,भावना र सेवाको रुपमा काम गर्ने वातावरण सिर्जना भएमा काम गर्ने कर्मचारी श्रद्धा र सम्मानको अधिकारी बन्न सक्दछ । खोई त्यस्तो गर्ने सत्य पुरुष देखिएको छैन् ।
प्रधानमन्त्री ज्यूले जुन अवसर पाउनु भएको छ । आफ्नो पालामा केही गरेर देखाउने प्रवल इच्छा भएर पनि केही गर्न सक्ने अवस्था र परिस्थिति देखिदैन् । किनभने भोका नाङ्गाहरुलाई पेटभरी खाना दिन दालभात चाहियो । तर भाडामा हेर्दा भातै छैन् , भाडो रित्तै छ । खरिद गरेर ल्याउ भन्दा गोजीमा रकम छैन् । अब भन्नु होस दिन मन भएर पनि दिन सक्नु भएन् । कसको दोष हो । एकै शब्दमा भन्ने हो भने राजनीतिक बेइमानीको प्रतिफल हो । आर्थिक उन्नति तर्फ राजनीति लागेन टुट्न तिर लाग्यो । त्यसैले गर्दा आर्थिक उन्नति नभए सम्म विकासको सम्भव नै हुदैन् । देशको आम्दनीले खर्च धान्न नसक्ने अवस्था छ । विना पुजी विकास केले गर्ने , आर्थिक मन्दिकै कारण गर्न चाहने हरुको उमंग पनि खुम्चिदै छ । हुन त सबैले गछौं भ्रष्टलाई छाड्दैनौ भनेर उम्लेका छन् । हेदै जाओ । को कति पानीमा छ भविष्यकै गर्भमा छिपेको छ । उत्थान र पतनको मार्ग कसरी विकसित हुने हो । प्रतिक्षा गर्नु होस अन्य विकल्प छैन् । हरि ओम तत्सत ।