logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरीको ओईरो


    १४ माघ २०७९ , शनिबार

    मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरीको ओईरो

     

    असलम खाँन

    मर्चवार,  माघ । रुपन्देहीको मर्चवमरी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन जानेको संख्या दिन प्रतिदिन  बढ्दै गएको छ ।

    मर्चवारी गाउँपालिकाको रायपुर स्वास्थ्य केन्द्रमा अहिलेको आर्थिक वषको शुरु देखि नै सुत्केरी गराउन जानेको संख्यामा दिन प्रतिदिन बढोत्तरी हुदँै गएको छ । रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख राकेश प्रसाद यादव का अनुसार गत वर्षमा वर्ष भरिमा ३५५ जना सुत्केरी सेवा लिएका थिए भने साउन देखि अहिले मिति २०७९।१०।१३ गते सम्म ६ महिना १३ दिनमा ३३६ जनाले सुत्केरी सेवा लिएको छन् । विगत ४।५ दिन देखि त  प्रत्येक दिन ४।५।६ जनाको दरले उक्त सेवा दिदै आइरहेको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत नर्सिङ स्टाफ मिना यादवले जानकारीदिनुभयो । १२ गते म आफै रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा प्रत्यक्ष जाँदा ६ जनाले सुत्केरी सेवा लिसकेको देखियो । उक्त सेवा लिनु हुनेमा क्रमशः किताबुन निशा मर्चवारी वडा नम्बर ६,हडसरी २ः२१ बजे, वन्दना पासी मर्चवारी वडाा नम्बर १, कचरिहवा १२ः२१ बजे, प्रमिला सहनी मर्चवारी वडा ६, ठर्र्की १५ः३४ बजे, अमरावती कुर्मी मर्चवारी वडा ४,महदेवा १८ः२२ बजे, संगम यादव मर्चवारी वडा नम्बर ५,वडवलिया १९ः५५बजे र सरिता केवट मर्चवारी वडा नम्बर २, अमवा २२ः२६ बजे सुत्केरी सेवा लिई सुत्केरी स्याहारका लागि भर्ना गरेर २४ घण्टा सम्म राखिएको अवस्थामा देखियो । स्वास्थ्य शाखामा कार्यरत फेकन शाहलाई सम्पर्क गरी सोध्दा रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी सेवा विगत भन्दा दिन प्रति सुत्केरी हरुको संख्या बढ्दंै गएको छ, त्यसको कारण के हो…… ?

    फेकन शाहका अनुसार नियमित एवं मासिक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको अनिवार्य मिटिङ, आमा समूहको मिटिङमा अनिवार्य स्वास्थ्यकर्र्मी परिचालन, होम डिलेभरी शून्य गर्न जनप्रतिनिधि, स्वास्थ्यकर्र्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण पश्चात सामूहिक प्रतिबद्धता, महिला स्वयंसेविकाले आआफ्नो सेवाग्राहीलाई प्रत्यक्ष निगरानी तथा मुख्य गरेर गाउँपालिका अध्यक्ष वालिका विमा योजना कार्यक्रमको कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी पश्चात रु १००० बराबरको १ क्यारेट अण्डा,  किलो घ्यू, २ किलो नुन वितरण, स्वास्थ्यकर्मीको व्यवहारमा आएको परिवर्तन, सेवाग्राहीहरुको  रायपुर प्राथमिक स्वास्थ्य केन्द्र प्रति जागेको विश्वास र मर्चवारी स्वास्थ्यका नेटवर्कले गरिरहेको सामूहिक कार्यको उपज हो भन्नुहुन्छ । मर्चवारी गाउँपालिका अध्यक्ष ज्यूसंग सुत्केरी सेवा पहिलाको भन्दा दिन प्रति बढ्दै गएको प्रसंगमा कुरा गर्दा सुत्केरीलाई केन्द्रीय सरकार बाहेक थप सेवा सुविधा गाउँपालिकाले गरेको, निरन्तर राय, सल्लाह, सुझाव एवं निर्देशन, अनुगमन सहयोगात्मक सुपरिवेक्षण बढाएको र स्वास्थ्य शाखा प्रमुख फेकन शाहले दिन रात खटि आफ्नो टिमलाई निरन्तर जोश, जाँगर, उत्साह,उत्परेणा बढाउने जस्ता कार्यक्रम ल्याएर त्यसको उचित कार्यान्वयनले र हाम्रो स्वास्थ्य क्षेत्रमा हेर्ने सकारात्मक दृष्टिकोणले गर्दा मर्चवारी गाउँपालिका भन्दा अन्य पालिकाको पनि केश आउन थालिसकेको छ ।  पहिला पहिला हाम्रो नागरिक अन्य पालिकाको वर्थिंग सेटर तथा भारतमा सुत्केरी गराउन जाने गर्दथ्यो भने आज भोलि ठिक उल्टो भएको छ । मर्चवारीमा सुत्केरी सेवा मात्रै हैन अन्य विभिन्न सेवा लिने नागरिकको संख्यामा वृद्धि हुँदै गएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.