logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    स्वयंसेविका तथा स्वास्थ्यकर्मी प्रोत्साहन तथा सम्मान कार्यक्रम


    २५ माघ २०७९ , बुधबार

    स्वयंसेविका तथा स्वास्थ्यकर्मी प्रोत्साहन तथा सम्मान कार्यक्रम

    असलम खाँन
    मर्चवार,  माघ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको वडा नम्बर ६ ले वडामा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयसेविका तथा स्वास्थ्यकर्र्मीहरुलाई प्रोत्साहन तथा सम्मान कार्यक्रम गरेको छ । प्रोत्साहन तथा सम्मान कार्यक्रममा असुरैना स्वास्थ्य चोकीको आयोजना तथा सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ वडा कार्यालयको सहयोगमा कार्यक्रम आयोजित गरिएको हो । कार्यक्रमका अध्यक्ष वडा नम्बर ६ का वडा अध्यक्ष तौलन केवट, प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव, विशिष्ट अतिथि उपाध्यक्ष कुमारी प्रिंका शाही सिंह, निम्ति प्रमुख प्रशासकिय अधिकृत मुन्सी प्रसाद माझी, असुरैना माध्यमिक विद्यालयकाका अध्यक्ष जैस मोहम्मद खान, इन्द्रेणी विकास परिसदका फिल्ड सुपरवाइजर अलाउद्दीन खाँन, सुहाराका शेषनाथ यादव, जग्गा दाता सत्य नारायण केवट, जनार्दन यादव, महिला स्वयंसेविका तथा आमजनसमुदायको सहभागीतामा र असुरैना स्वास्थ्य चौकीका ईन्चार्ज सुखनन्दन पाल कार्यक्रम संचालन गर्नु भएको थियोे भने स्वागत मन्तव्य असुरैना स्वास्थ्य चौकीका अनामी देविका पाण्डेले राख्नु भएका थिए स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुलाई दोसल्ला ओढाई पुरस्कार सहित प्रोत्साहन र प्रशंसापत्र समेत वितरण गरि कार्यक्रम सम्पन्न भएको थियोे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.