असलम खाँन
मर्चवार । नेपाल मानव बेचविखन,असुरक्षित बसाइँसराइ तथा अनलाईन बालबालिकामा हुन् यौन शोषण रोकथाम परियोजना ले मर्चवारी गाउँपालिका मा परियोजना सल्लाहकार समिति को बैठक शुभ अवसर ग्राम नेपालको आयोजनामा सम्पन्न भएको छ । हिंसा,शोषण तथा बेचबिखनबाट प्रभावित एवम् उच्च जोखिममा रहेका महिला र बालबालिका हरुलाई समाजको मुलप्रवाहमा ल्याउन सशक्तीकरण गर्ने हाम्रो लक्ष्य रहेको शुभ अवसर नेपालका समाजिक परिचालन अधिकृत विकास देवकोटा ले बताएका छन्। समितिको बैठक सम्पन्न कार्यक्रममा बोल्दै मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले महिला तथा किशोरकिशोरी लाई व्यावसायिक परामर्श सेवा,तालिम,शिक्षा,आवास,जीवन यापन का लागि रोजगारी को अवसर सृजना गर्ने लगायत समाजिक पुर्नस्थापना सहयोग पुर्याउने प्रतिबधाता गरेका छन्। मर्चवारी गाउँपालिकाको अध्यक्ष गया प्रसाद बरईको अध्यक्षतामा भएको बैठक कार्यक्रम मा गाउपालिका का कार्यपालिका सदस्य र मर्चवारी गाउँपालिकाको सबै शाखा प्रमुख हरुको सहभागीता रहेको थियोे ।