पशुपति यादव
रोहिणी, फागुन । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्वर ५ द्वारा आयोजित वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा ८ वटा टोलका खेलाडीहरुको सहभागिता रहेको थियो । वडा नम्वर ५ अन्तर्गतका दिपनगर, दरखसवा, गौरी, भेलाई, सपही र सिसहनिया लगायत टोलका खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ओमसतिया गाउँपालिका अध्यक्ष मन्जीत यादव (सोनु) खेल स्वास्थ्य र राष्ट्रका लागि एकदमै जरुरी रहेको बताएका थिए । खेल भनेको मानिसका लागि जीवन जिउने कला हो । खेलकुदले मानिसको स्वास्थ्य कार्यमा व्यस्त राख्दछ ।
ग्रामीण तर्फवाट नै विभिन्न खेलहरुको प्रतिस्पर्धा गराई उत्कृष्ट खेलाडीहरुको वडा स्तरीय टिम बनाई गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगितामा सहभागि गराउने उद्देश्यले वडा नम्बर ५ को गाउँ गाउँको क्रिकेट खेलाडीहरुलाई प्रतिस्पर्धा गराइएको यादवको भनाई रहेको छ । उनले भने आफु स्थानीय सरकार प्रमुख भएकोले युवा खेलाडीहरुको प्रतिभा उजागरको लागि सहयोग गर्ने उनको भनाई रहेको थियो ।

अहिलेको स्थानीय सरकार धर्म, संस्कृति, खेल, पुराना नाच गान, कुस्ती समेतलाई संरक्षण गर्नमा यादवले जोड दिए ।
सचिव केशव यादवको संचालन प्रतियोगिताको संयोजक दुर्गेश यादवको संयोजनमा गाउँपालिकाका अध्यक्ष मन्जीत यादव (सोनु) को अध्यक्षतामा वडा नम्बर ५ का वडा अध्यक्ष मदन पोखरेलको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको संचालकले जानकारी गराएका थिए । भने शिक्षक इनल यादव, लक्ष्मण चाई, प्रदीप यादव, जितेन्द्र तिवारी लगायतका उपस्थिति समेत रहेको थियो ।
गौरी र दिपनगरको वीचमा प्रतिस्पर्धाको बजुद गौरी समहले प्रथम विजेता बनी सफलता प्राप्त गरेका थिए । साथै रु १७ हजार नगद र कप हात परेका थिए । अविद दर्जी उत्कृष्ट खेलाडि घोषित भएका थिए । भने दिपनगर दरखसवा दोस्रो स्थानमा सफल भएका थिए । साथै रु १२ हजार नगद र कप समेत हात परेको जय प्रकाश यादव उत्कृष्ट खेलाडी घोषित भएका थिए ।