असलम खान
मर्चवार, चैत । रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले गाउँपालिकामा रहेका विभिन्न सामुदायिक विद्यालयमा पुगेर अनुगमन तथा निरीक्षण गर्नु भएको छ । मर्चवारी गाउँपालिकामा जारी रहेको नगरस्तरीय कक्षा ८ को परीक्षा केन्द्रहरुमा अध्यक्ष बरई अनुगमन गरेका हुन ।

विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने र परीक्षालाई मर्यादित एवम् सहज बनाउँन विद्यालयमै पुगेर अनगुमन गरिएको अध्यक्ष बरईले बताउनुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ’, विद्यार्थी र अभिभावकहरुलाई आग्रह गर्दै उहाँले भन्नु भयो , यदि कुनै विद्यालयमा केही कमी कमजोरी छ भने हामीलाई जानकारी गराउनु र त्यसमा माथि हामी तुरुन्तै पहल गर्ने जनाउनुभयो ।

कक्षा ८ को परीक्षा बिद्यार्थीहरुको पहिलो बोर्ड परीक्षा जस्तो भएकोले नआत्तिकन परीक्षा दिन अध्यक्ष बरईले विद्यार्थीहरुलाई सुझाव दिनु भएको छ । अनुगमन समिति संयोजक समेत रहनु भएको अध्यक्ष बरईले कुनै पनि विद्यालयमा गराईने अध्यापनमा कुनै किसिमको ढिलासुस्ती सह्य नहुने बताउनुभयो । परीक्षा भए सम्म र शिक्षाको गुणस्तरको बिषयमा अगामी दिनमा अन्य विद्यालयमा पनि निरीक्षण तथा अनुगमन गरिने गाउँपालिका अध्यक्ष बरईले बताउनुभयो । अनुगमनका संयोजक मर्चवारी गाउँपालिका अध्यक्ष बरई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई, शिक्षा शाखा प्रमुख मनमोहन यादव, वडा नम्बर २ का वडा अध्यक्ष शाशिदयाल चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष गनेश चौधरी, कार्यपालिका सदस्य रामसुमेर ठाकुर लगायतको सहभागिता रहेको थियो ।