logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा रुम्मिन्देइमाई मेला वा चैत्र पूर्णिमा मेला सुरु


    २७ चैत्र २०७९ , सोमबार

    लुम्बिनीमा रुम्मिन्देइमाई मेला वा चैत्र पूर्णिमा मेला सुरु

    अन्जना चौहान

    लुम्बिनी,  चैत । रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रुमिन्देइमाई मेला वा चैत पूर्णिमा मेला चैत २३ गते विहिवार देखि सुभारम्भ भई चैत २७ गते सोमवार सम्म लाग्ने आयोजकले जनाएको छ ।


    रुम्मिन्देइमाई मेला तथा चैत पूर्णिमा मेला परम्परागत रुपमा बुद्ध जन्मजयन्ती उत्सवको रुपमा विगत वर्ष देखि मनाउदंै आएको हो । आज भन्दा २६ सय वर्ष भन्दा पहिला भगवान गौतम बुद्धको जन्म यही लुम्बिनीमा भएको थियो । त्यही दिन देखि नै यहाँका जनताहरुले त्यो दिनलाई सम्झेर उत्सव वा मेला उत्सव मनाउन सुरु गरेका थिए । यो मेला एक किसिमको ऐतिहासिक मेलाको रुपमा स्थापित भएको छ । रुम्मिन्देइमाई मेलाको इतिहासलाई हेर्दा विभिन्न करण मेला लाग्ने गरेको अनुसन्धान कर्ताहरुले उल्लेख गरेका छन् । पहिलाका मानिसलाई शिक्षित थिएनन् त्यसैले तारिख, मिति र गतेको वारेमा थाहा नहुदाँ चन्द्रमा पूर्ण रुप लिएको दिनलाई चैत पूर्णिमाको दिन सम्झन्थे र हाल (अहिले) पनि चैत पूर्णिमाको दिन मेला लाग्न चलन कै रुपमा लाग्दै आएको देखिन्छ ।


    उक्त मेला उत्सव कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा र नगरपालिका प्रमुख सजरुद्दीन मुसलमानको प्रमुख अतिथ्यतामा लागेको हो । मेलामा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख तथा मेलाका आयोजनाका प्रमुख अतिथि मुसलमानले कार्यक्रममा बोल्दै लुम्बिनीमा मेला बर्षौ देखि लाग्दै आएको थियो तर विभिन्न अवरोधले ४ वर्ष मेला नलाग्दा यहाँका स्थानीयहरुमा निरासा समेत देखिएको चर्चामा आएको बताउनुभयो । यस वर्ष मेला आयोजना गर्दा यहाँका जनताहरु निकै उत्साहित भएको महसुस गरेको मुसलमानले जनाउनुभयो ।


    मेला उत्सवमा लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख तथा मेलाका विशिष्टि अतिथि कल्पान हरिजनले कार्यक्रम प्रमुख अतिथिको भनाई प्रकाश पार्दै रुमिन्देईमाई मेला पहिला देखि नै लुम्बिनीमा लाग्दै आएको ऐतिहासिक मेला हो । लुम्बिनीमा पहिला देखि लाग्दै आएको मेला हुनाले पर्यटन पर्वद्धनका लागि र देशको अर्थव्यवस्था धारासाही अवास्थामा स्थानीहरुको आर्थिक स्तर बृद्धि लागि विभिन्न सेवा सुविधाको साथ र लुम्बिनीवासीहरुको साँस्कृति, कला, भजन, कृतन, निःशुल्क हेर्न प्रदर्शन गरी मनोरञ्जन प्रदान गर्ने कार्य गरिदै आएको बताउनुभयो । मेला भित्र कुनै किसिम समस्या भएमा मेला संयोजकलाई जानकारी दिन अनुरोध समेत गर्नुभयो । तीन दिन सम्म मात्र लाग्ने मेलालाई पाँच दिन सम्म लाग्ने नगर उपााध्यक्ष हरिजनले जानकारी दिनुभयो । अगामि दिनमा पनि लुम्बिनीमा चैत पूर्णिमाको दिन मेला अझै भव्य र सभ्य तरिकाले गर्ने मनाउने जनाउनुभयो । यस लुम्बिनी क्षेत्रमा पूर्खा देखि लाग्दै आएको मेलालाई एक किसिमको चार्डपर्व कै रुपमा स्थापित भएको छ । सबै स्थानीयबासी तथा जनसमुदायले यसलाई संरक्षण सम्वर्धन गरी चैत पूर्णिको दिन मेलामा सहभागी हुन सबैलाई अनुरोध समेत गर्नुभयो ।


    मेला उत्सवमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा मेलाका उत्सवका अतिथिहरु ईनामुल्लाह फकिर, विनोद श्रीवास्तव, अकरामुद्दीन मुसलमान, हरिकेश लोध , कार्यपालिका सदस्य हुसेनी लोध लगायतले मेलामा आउने श्रद्धालुहरुको लागि ठाउँ ठाउँमा खानेपानी, निःशल्क प्रथामिक उपचार, मेला व्यापारीहरु सग कर नलिने, लाईनको व्यवस्था , कुनै समस्या आएमा मेला व्यवथापन कार्यलयमा जानकारी गराउने, मेलालाई मर्यादित बनाउनका लागि मेलामा गुप्तचर स्वयंसेवक र लुम्बिनी इलाका प्रहरी , सशात्र प्रहरी जिल्ला प्रहरीको टोली मेलामा खटी सुरक्षा दिदै दिने अतिथिहरुले जनाउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.