शहबाज खान
कपिलवस्तु, २ बैशाख । कपिलवस्तुको कष्णनगर नगरपालिका वड़ा ३ झण्डानगरमा रहेको नेपालको सब भन्दा ठुलो र १ सय १५ वर्ष पुरानो मदरसा जामिया सिराजुलवलुम असल्फीया झण्डानगरमा साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज अल सउदको तर्फबाट २०२३ सालको रमजानको इफ्तारी कार्यक्रम लगातार संचालन गरि इफ्तारि (खाना) खुवाउदै छन।
मुस्लिम धर्मावलंबीहरुको पवित्र महिना रमजानको महिनामा मुस्लिम धर्मावलंबीहरु निराजल १४ घन्टा वर्त बसि आफ्नो धर्म(संस्कृति अनुसार पुजा पाठ गरि गरीब असहाय भोको मन्छेहरुलाई खोजी खोजी खाना खुवाई पुन्य कमाउने मान्यता रहेकोले पुरै एक महिना सम्मा यत्ता कार्यक्रमहरु संचालन गरि रहेका छन।
नेपालको सब भन्दा ठुलो र पुरानो मदरसालाई बिशेष ध्यानमा राखि यस वर्ष साउदी अरबका राजा सलमान बिन अब्दुल अजिजले इफ्तारि कार्यक्रम राखि गरीब असहायहरुको सहयोग गरि प्रशंसा योग्य कार्य गरेको बताउदै राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा अब्दुल गनी अलकुफीले साउदी अरबका राजा सलमान बिन अब्दुल अजिजलाई बिशेष धन्यवाद दिए र साउदी अरब सरकार नेपालमा शिक्षा स्वास्थ्य रोजगार लगायत अन्य क्षेत्रमा सहयोग गर्दै आजको र उक्त कार्य आफैमा अविस्मरणीय रहेको बताए।
जामिया सिराजुलउलुम असल्फीया मदरसा व्यवस्थापन समिति अध्यक्ष समिम अहमद नदवी तथा उपाध्यक्ष डा मन्जुर अहमद खाले गरिब, असहाय, मजदूर लगायत लाई रमजानको महिनामा इफ्तारी गराउने कार्यक्रम सराहनीय कदम रहेको बताए। यो कार्यक्रम बाट गरीब असहायहरुलाई ठुलो रहात पुगेको समेत बताउदै छन।
स्थानीय अकिल अहमदले इफ्तारी कार्यक्रमले तमाम गरिब असहाय र दिनभरी मजदूरी गरि वर्त बसेकाहरु साझा इफ्तारि कार्यक्रममा पुगी खाना खाएर खुशी हुन्छ यस्ता कार्यक्रमहरु थप ठाउहरुमा संचालन गर्नु पर्ने आवश्यकता देखिएको र यो कार्यक्रम अविस्मरणीय रहेको समेत बताउनु भयो।