असलम खाँन । लुम्बिनीखबर
मर्चवार, बैशाख । रुपन्देही जिल्लाको १२ वटा स्थानीयतह मध्ये मर्चवार क्षेत्र अत्यन्तै पिछडिएको क्षेत्रको रुपमा चिनिन्छ । यस क्षेत्रमा दिन प्रतिदिन कृषकहरुको पिडा चर्किदै गएको छ तर सरोकारवाला यस विषयमा बेखबर देखिन्छ ।
मर्चवारी गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ४ मा चैत २९ विहिवार आगो लागेको थियो । मर्चवारी गाउँपालिका वडा नम्बर १ पचवारेमा गहुँको ठुठो जलाउने क्रममा आगो लागेको थियो भने वडा नम्बर ४ को हरिनामपुर र ओडवलियामा बिजुलीको तारवाट सटसर्किट हुदाँ आगलागी भएको थियो । एकै दिनमा दुई स्थानमा आगलागी हुदाँ मर्चवारका स्थानियवासीहरु चिन्तित भएका छन ।
मर्चवारी गाउँपालिका वडा नम्बर १ मा भएको आगलागीमा भागिरथी केवटको अन्दाजी २० कठ्ठा गहँु बाली जलेर नष्ट भएको थियो । सर्वजीत यादवको १० टाली भुसा, जगदिस गुप्ताको १ पानीमोटर २ वटा साईकल र ८ वोरा गहुँ र चन्द्रावती कुर्मीको खुर्सानी वारीको खुर्सानी खेती नष्ट भएको थियो ।
आगलागीवाट आन्दाजी रु २ लाख ३५ हजार बराबरको हानी नोक्सानी भएको ईलाका प्रहरी कार्यालयका मर्चवार बिचौवापुरका प्रहरी निरीक्षक दिपेश खरेल ले जानकारी गराएका छन् ।
वडा नम्बर ४ मा भएको आगलागीवाट घर जलेर नष्ट हुनुको साथसाथै घरायसी समाग्री , लत्ताकपडा, चामल र गहँु जलेर खरानी भएको थियो ।
वडा नम्बर १ र ४ मा भएको आगलागीवाट पिडित किसानलाई गाउँपालिकावाट सक्दो अनुदान प्रदान गर्ने प्रतिवद्धता गाउँपालिका अध्यक्ष गया प्रसाद वरईले गरेका छन् । वडा नम्बर १ मा भएको आगलागी को नियन्त्रणमा आफु सहित सम्पुर्ण जनसमुदाय लगिपरेको र आगो नियन्त्रणमा सफल भएको गाउँपालिका अध्यक्ष गया प्रसाद बरई ले बताएका छन् । गाउँपालिका अध्यक्ष बरइले भने मर्चवार विकासका पूर्वधार देखि लिएर अन्य स्रोत साधनका हिसाबले पिछडिएको क्षेत्र हो । यहाँका मानिसहरु कृषिमा निर्भर रहेकोले कृषि नै यहाँहरुको प्रमुख आयको स्रोत हुन पुगेको छ । केही दिन पहिले चैत महिनाको सुरु तिर सप्रिएको बाली काट्ने समयमा २ दिको बेमौषमी वर्षाले गर्दा कटिएको कतिपय खाद्यान्न वालीहरु सडेर नष्ट भएको पछि सम्मरीमाई गाउँपालिकामा आगलागीले गर्दा १ सय ७७ कठ्ठा गहँुवाली जलेर नष्ट भएको थियो । यसरी कृषकहरुको पिडा दिन प्रतिदिन चर्किदै गएको छ । यस विषयलाई मध्यनजर गरेर चाडै भन्दा चाडै दमकलको व्यवस्थापनका साथै आगलागी नियन्त्रका लागि अन्य पूर्वाधारको विकास गर्ने तर्फ स्थानीय सरकारले पहल गर्ने जनाएको छ ।
वडा नम्बर ४ मा भएको आगलागीवाट पिडित लालु प्रसाद यादव ले आगलागी वाट आफ्नो वासस्थान नष्ट भएको पीडा बताएका छन । गर्मीको समयमा चल्ने हावाहुरीको कारण आगलागीको सम्भावना बढी हुने हुदाँ सुरक्षित तरिकाले सुरक्षित ठाउँमा आगो वाल्ने गर्नुपर्छ ।
आगलागीबाट कसरी बाँच्न सकिन्छ ? यो विषय निकै चर्चामा आएको हुदाँ यसको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयलाई मध्यनजर गरेर तीनै तहका सरकारले ध्यान दिन आवश्यक रहेको स्थानीयबासीहरुको भनाई र माग पनि रहेको छ । आगलागी लाई कसरी न्यूनिकरण गर्ने पूर्वाधार तथा स्रोतसाधनको व्यवस्थापन तर्फ सिघ्र पहल गर्न आवश्यक रहेको स्थानीयवासीहरुको ध्यानाकर्षण समेत गरेका छन् ।