झब्बर यादव
सिद्धार्थनगर, ५ बैशाख । लुम्बिनीखवर पत्रिकाले नयाँ वर्ष २०८० सालमा प्रकाशित पत्रिकाको भित्तेपात्रो विमोचन तथा खोजमुलक पुुस्तक समृद्धि बिमोचन गरेको छ । मंगलवार भैरहवाको होटल निवार्णामा नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रमको अवसर पारेर पत्रिकाले पुस्तक तथा भित्तेपात्रो विमोचन गरेको हो ।

लुम्बिनीखवर सञ्चार गृहद्वारा प्रकाशित लुम्बिनीखवर पत्रिकाका सञ्चालक समिति सदस्य तथा कर्मचारीहरु विच भएको शुभकामना आदान प्रदान तथा पुस्तक एंव भित्तेपात्रो बिमोचन कार्यक्रममा विभिन्न बक्ताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नेत्र प्रसाद आचार्यले आर्थिक मन्दीका कारण नेपालमा उद्योग व्यापार क्षेत्र संकटमा परेको बताउनुभयो । उहाँले उद्योग व्यवसायीहरुले मिडिया क्षेत्रलाई जुन प्रकारले सहयोग गर्नु पर्ने हो आर्थिक मन्दिका कारण त्यस किसिमको सहयोग गर्न सक्ने अवस्था नरहेको बताउदै अवका केही समय यस्तै मन्दी विश्व अर्थतन्त्रले सामना गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो । आर्थिक मन्दिले नेपालका उद्योग व्यवसायीलाई मात्र नभएर सम्पूर्ण क्षेत्रमा असर पारेको छ । प्रमुख अतिथि आर्चायले भन्नुभयो, “संकटको बेलामा सवै निकाय एकजुट भएर अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो ।” उहाँले पत्रकारिता क्षेत्रलाई बचाई राख्नका लागि अझै ठुलो मिहिनेत, सघर्ष र इमानदारिता आवश्यकता रहेको बताउनुभयो ।
लुम्बिनी खबर सञ्चार गृहका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष गोकुल पोखरेलले विमोचित समृद्धि नामक पुस्तकको सृजनशीलता उत्कृष्ट रहेको बताउनुभयो । उहाँले लुम्बिनीखवर पत्रिका सञ्चालन गर्नका लागि पत्रिकाको समाचार शाखा, व्यवस्थापन शाखा, शाखा प्रमुखहरुको भुमिका अतुलनिय रहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनीखवर सञ्चार गृहद्वारा सञ्चालित समाता टेलिभिजनका प्रवन्धक निर्देशक नरेश के.सी.ले नेपालमा अव अनलाईन र युटुव्यब सञ्चालनमा कठिनाई रहेको भन्दै मुुलधारका सञ्चार माध्यामहरुले पनि आर्थिक मन्दीको मारमा परेको बताउनुभयो ।
कार्यक्रममा सञ्चार गृहका प्रबन्धक निर्देशक श्री रायमाझी, सञ्चालकहरु बुद्ध कुमार श्रेष्ठ, सावित्री घिमिरे, पुर्व अध्यक्ष थानेश्वर पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रोहिणी शाखा प्रमुख पशुपति यादव, मर्चवार शाखा प्रमुख असलम खान, लुम्बिनी शाखा प्रमुख अन्जना चौहान, बेलहिया शाखा प्रमुख इरशाद अहमद खान, नवलपरासी शाखा प्रमुख ज्ञानेश्वर साहनी र सुर्यपुरा शाखा प्रमुख दिपक कलवार लगायतले शाखाहरुको तर्फबाट शुभकामना मन्तव्य राखेका थिए ।
लुम्बिनीखवर पत्रिकाका सम्पादक कमल रायमाझी, सल्लाहकार सम्पादक उमेशचन्द्र रिजाल, व्यवस्थापक सुरज ज्ञवाली, समाचार प्रमुख झब्बर यादव, बजार प्रमुख राकेश कोहार, लेखा प्रमुख रुपा पाण्डेय, ग्राफिक डिजाइनर रुबिना थापा, श्रृजना कुवर लगायतको उपस्थित रहेको थियो ।