अन्जना चौहान
लुम्बिनी,बैशाख / रुपन्देहीको गैडहवा गाँउपालिकाको वडाँ नम्बर २मा रहेको जोगडा माध्यमिक विद्यालयमा बिद्यालय ब्यवास्थापन समितिको छनौटमा शिक्षा शाखाको प्रमुख माधव पौडेलको अध्यक्षतामा वडा अध्यक्ष सराजुद्दीन धुनियाँको समयोजकत्वमा भएको बिद्यालय ब्यवास्थापन समितिको छनौट प्रकियामा अध्यक्ष पदकालागि तेस्रो पटक पनि किताब चुनाव चिन्ह लिई २८२ मत ल्याई श्रीकृण पासी विजयी भएका छन् उनका प्रतिद्वन्दी चुनाव चिन्ह साईकल २३४ मत ल्याई राधेश्या जैसवाल पराजित हुनुभएको छ ।महेन्द्र कहाँरले घर चुनाव चिन्ह लिई २६७ मत ल्याई बिजयी भएको छन् उनका प्रतिद्वन्दी सोमई लोधले चुनाव चिन्ह फुल लिई २२५ मत ल्याई पराजित भएका छन् । भई महिला तर्फ किसमती अहिरको हात्ती चुनाव चिन्ह लिई २७५ मत ल्याई बिजयी भएकी छिन उनका प्रतिद्वन्दी रेणु बनियाँले कुर्सी चुनाव चिन्ह लिई २३० मत ल्याई पराजित भएकी छिन् ।चरा चुनाव चिन्ह लिई २६१ मत ल्याई अकालमती बिजयी भएकी छिन उनका प्रतिद्वन्दी आशा देबी धवलको चुनाव चिन्ह गिलास लिई २३७ मत ल्याई पराजित भएकी छिन् ।