ईरसाद अहमद खाँन (बच्चन)
बेलहिया, १० बैशाख । नेपालको दोस्रो ठूलो भन्सार कार्यालय बेलहिया हो । यहाँ दैनिक करोडौँको आर्थिक कारोवार हुने गर्दछ । यस क्षेत्रमा भन्सार कार्यालय, अध्यागमन कार्यालय र सुरक्षाकर्मीहरु उपस्थित रहेका छन् । भैरहवा भन्सार कार्यालयको मार्ग हुदै दैनिक रुपमा सयौँ दुई पाङ्ग्रे, चार पाङ्ग्रे र मालबाहक कन्टेनरहरु नेपाल भित्रिने गर्दछन् । लुम्बिनीखबरको स्थलगत रिर्पोटिङका क्रममा बैशाख गते यस नाका हुदैं भाारतीय कार, मोटरसाइकल र बस पर्यटक बोकेर ४६३ नेपाल तर्फ भित्रिएका छन् । भारतीय कार, मोटरसाईकल भन्सार सुविधाबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयक बाट प्राप्त हुन सकेन । बैशाख १० गते साँझ सम्मको रिपोटिङका क्रममा ३६९ वटा मालबाहक कन्टेनरहरु भैरहवा भन्सार कार्यालय भित्र प्रवेश गरेका छन् । १८३ वटा मालबाहक कन्टेनरहरु भन्सार भएर नेपाल तर्फ प्रवेश भएको देखिन्छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार विभिन्न १२ देशबाट ३९ जना पर्यटक उक्त दिन भारतीय मार्ग हुदैँ नेपालमाा प्रवेश गरेका छन् ।