शहबाज खान
कृष्णनगर,११ बैशाख। दुई प्रतिद्वन्द्वी सेनाहरू बीचको तीव्र लडाइँ भएको एक हप्तापछि साउदी अरेबिया सुडानबाट आफ्ना अलपत्र नागरिकहरूलाई उद्दार गर्ने पहिलो देश बनेको छ।साउदी परराष्ट्र मन्त्रालयले साउदी नागरिकसँगै “मित्र राष्ट्रका धेरै नागरिकहरू” लाई उद्दार गरिएको बताएको छ।

रोयल साउदी नौसेना बल (RSNF) ले शनिबार सुडानबाट नागरिक, अन्यदेशहरुका नागरिक, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय अधिकारीहरूलाई उद्दार आप्रेशन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार : “कुवेत, कतार, युएई, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, बुल्गेरिया, फिलिपिन्स, क्यानडा, बंगलादेश र बुर्किना फासोका ६६ जनालाई उद्दार गरियो।” उद्दार गरियोको साउदी नागरिकको संख्या ९१ जना थिए ।मन्त्रालयका अनुसार साउदी नेतृत्वको निर्देशनको कार्यान्वयनमा जेद्दाहमा सबै साउदी नागरिक र अन्य देशका नागरिकहरु सकुशल आइपुगेका छन् । साथै साउदी अरेबियाले विदेशी नागरिकहरूलाई उनीहरूको देशमा प्रस्थान गर्ने तयारीका लागि आवश्यक सबै आवश्यकताहरू उपलब्ध गराउन काम गर्यो।