लुम्बिनीमा गौतमबुद्धको अस्थिधातु प्रदर्शनी, बृहत रक्तदान र विद्यालय हाजिरी जवाफ
अन्जना चौहान
सिद्धार्थनगर, १४ बैशाख । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध समाज लुम्बिनीको आयोजनामा अस्थिधातु प्रदर्शनी, बृहत रक्तदान, विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता जस्ता कार्यक्रम हुने भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका स्थित महामानव भगवान गौतमबुद्धको जन्म जयन्ती उपलक्ष्य नवमैत्री महाविहार धर्मोदय सभाहाल लुम्बिनीमा बैशाख १८ गते सोमवार देखि दैनिक विहान ८ बजे देखि ५ वजे सम्म भगवान गौतम बुद्धको अस्थिधातु प्रदर्शनी कार्यक्रम हुने भएको अन्तर्राष्ट्रिय बौद्ध समाज आयोजक स्रोतले जनाएको छ ।

त्यसै गरी अन्तर्राष्ट्रिय बौद्ध समाजको आयोजनार्मा कसैको जीवन जोगाउन आफै डाक्टर भईरहनु पर्दैन ।’ भन्ने मुल नाराका साथ बृहत रक्तदान कार्यक्रम अन्तर्राष्ट्रिय वौद्ध समाज निःशुल्क स्वास्थ्य केन्द्रको प्रङ्गणमा बैशाख १९ गते मंगलवार विहान ८ बजे देखि ११ बजे सम्म हुने आयोजक स्रोतले जनाएको छ ।

त्यसै गरी बैशाख २१ गते बुद्धबार विहान ९ बजे देखि भगवान गौतम बुद्धको जन्म जयन्ती वा बुद्ध जयन्तीको अवसरमा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता अन्तर्राष्ट्रिय बौद्ध समाज निःशुल्क स्वास्थ्य केन्द्रको प्राङ्गणमा हुने आयोजक स्रोतले जनाएको छ ।
महामानव गौतम बुद्ध जयन्तीको दिन बुद्ध जयन्ती मनाउनका साथै पुरस्कार वितरण बैशाख २२ गते विहिवार दिउँसो १२ बजे अन्तर्राष्ट्रिय बौद्ध समाज निःशुल्क स्वास्थ्य केन्द्रको प्राङ्गणमा हुने आयोजक स्रोतले जनाएको छ ।

उक्त अन्तर्राष्ट्रिय बौद्ध समाज लुम्बिनीले आयोजना गरेको कार्यक्रममा सबै स्थानीयवासी, देशवासी तथा विदेशी पर्यटक समेत सहभागि भई उक्त कार्यक्रम सभ्य, भव्य रुपले सफल बनाउन अनुरोध समेत रहेको आयोजक स्रोतले जनाएको छ ।