logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    रास्वपामा जनअपेक्षा


    १४ बैशाख २०८० , बिहिबार

    रास्वपामा जनअपेक्षा

    कमल रायमाझी

    नेपालमा लामो समय देखि अधिकार र राजनीतिक परिवर्तनका आन्दोलनहरु हुने गरेका छन् । आन्दोलनबाट राणा देखि राजा सम्म हटाउने काम भएपनि परिवर्तनले जनअपेक्षा पुरा हुन सकेको छैन् । जनताले बर्षौ देखि चाहेको विकास र समृद्धि पुरा नहुदाँ जनतामा चरम निराशाको सृजना हुने गरेको छ । राजनीतिक दलहरुमा देखिएको राष्ट्रघाती प्रवृत्ति र भ्रष्टचारले देशमा अशान्ति थपिएको छ । लामो समय जेल बसेका तथा आन्दोलनबाट आएका राजनीतिक दलहरुले जनताको चाहना पुरा गर्न नसकेपछि नेपालमा लामो समय देखि अस्थिरता देखिन्छ । गाउँ देखि शहर सम्म युवा पुस्ता विदेश पलायन हुने गरेका छन् । देश युवाहरुले अरवको खाडीमा बगाएको पसिनाबाट चलिरहेको छ । सधैँ व्यापार घाटा बेहोर्ने नेपालमा रेमिट्यान्स नभित्रिने हो भने देश टाट पल्टिल्छ । देशमा उत्पादन मुखि कुनै ठुला उद्योगहरु संचालनमा देखिदैन । देशलाई बिदेशी मुद्रा आर्जन हुने कुनै पनि ठुला उद्योग नेपालमा संचालनमा छैनन् । देशमा व्यापार व्यवसायी गर्छु भन्नेहरु पनि परनिर्भर अर्थनीतिमा रमाएको देखिन्छ । देशका कर्मचारी देखि सरकारमा बस्नेहरु पनि देशको उत्पादनबाट पालिने भन्दा पनि रेमिट्यान्समा रमाएको देखिन्छ । जसले गर्दा नेपालमा बेरोजगार, नातावाद, कृपावाद तथा भ्रष्टचारको व्यापकता छ । राजनीतिक तहमा देखिएको खिचातानीले गर्दा देश भ्रष्टहरुको जमातले संचालन हुने गरेको छ । मानिसमा रोजगार तथा जीवनयापन गर्न पनि विदेशीनु पर्ने बाध्यता देखिन्छ । यस्तो परिस्थितको अन्त्यका लागि पुराना पार्टीहरुले समाधान गर्न नसकेको तितो यर्थात अहिले छर्लङ्ग छ । मानिसमा देखिएको निराशाबादले गर्दा राजनीतिक दल संग जनतालाई वितृष्णा हुने गरेको पाइन्छ । पुराना नेताहरुले आफ्नो दुनो सोधाउने भन्दा अन्य काम नगरेपनि नयाँ पार्टी प्रति नेपालीहरुको मोह बढेको हो । यसैको परिणाम स्वारुपमा रास्वपाले उपनिर्वाचनमा पनि सफलता प्राप्त गरेको छ । जनताले चाहे पनि कसैको केही लाग्दैन भन्ने उदाहरण अहिले चितवन र तनहुँका जनताले देखाएका छन् । राज्यको सिंगो शक्ती रास्वपाका नेताहरुलाई हराउनमा केन्द्रित भए पनि उनीहरुलाई जनताले मन पराएपनि केहि नरालाग्दो रहेछ । त्यसैले नयाँ पुस्तामा युवाहरुले निर्माण गरेको पार्टी वा नयाँ पार्टी संग अपेक्षा रहेको छ । त्यसकारण नेपालमा अहिले रास्वपालाई सवै नेपालीले मत हालेको देखिन्छ । पार्टीमा भएका युवा नेताहरु र बुद्धिजिवि वर्गले नेतृत्व गरेको रास्वपाले आगामी दिनमा जनचाहना अनुसार काम गर्न सक्छ कि सक्ैदैन त्यो हेर्न बाँकी छ । जनताले चाहेको अपेक्षा अनुसार काम गर्छ की पुराना पार्टी जस्तै भ्रष्टचारमा लाग्छ । उसको आगामी कार्यक्रमले देखाउने छ । अहिले नेपालमा रास्वपा संग जनताको जनसागर उर्लदो छ । यो उर्लदो जनसागरलाई थेग्न सक्नुपर्दछ । जनताका दैनिक जीवनसंग जोडिएका विषयहरु कत्तिको सम्बोधन हुने काम यो पार्टीका नेताहरुले गर्ने हुन त्यसले पनि रास्वपाको आगामी दिनमा मुल्याङ्कन हुने छ । नेपालमा अहिले जनताले चाहेको नेता परिवर्तनको चाहना रास्वपाले समात्न सके पनि चाहना पुरा गर्नु पर्ने छ । त्यो हुन नसके यो पार्टी प्रति पनि जनताले भरविश्वास नगर्ने देखिन्छ । पुराना पार्टीहरुले पनि अहिलेको उपनिर्वाचनमा बेहोरेको हारलाई समिक्षा गरेर नसुध्रिने हो भने सिद्धिने मार्गमा लाग्नुपर्ने पनि देखिन्छ । त्यसैले जसले यो देशको राज्य संचालन गरेपनि नेपालीको जनचाहना पुरा गर्ने हुनु पर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.