ईरसाद अहमद खाँन (बच्चन)
बेलहिया, १५ बैशाख । नेपालको दोस्रो ठूलो भन्सार कार्यालय बेलहिया हो । यहाँ दैनिक करोडौँको आर्थिक कारोवार हुने गर्दछ । यस क्षेत्रमा भन्सार कार्यालय, अध्यागमन कार्यालय र सुरक्षाकर्मीहरु उपस्थित रहेका छन । भैरहवा भन्सार कार्यालयको मार्ग हुदँै दैनिक रुपमा सयौँ दुई पाङ्ग्रे, चार पाङ्ग्रे र मालबाहक कन्टेनरहरु नेपाल भित्रिने गर्दछन् । लुम्बिनीखबरको स्थलगत रिर्पाेटिङका क्रममा बैशाख १४ गते यस नाका हुदैं भारतीय कार, मोटरसाइकल र बस पर्यटक बोकेर ३१२ नेपाल तर्फ भित्रिएका छन् । भारतीय कार, मोटरसाईकल भन्सार सुविधाबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालय बाट प्राप्त हुन सकेन । बैशाख १४ गते साँझ सम्मको रिपोटिङका क्रममा ४२८ वटा मालबाहक कन्टेनरहरु भैरहवा भन्सार कार्यालय भित्र प्रवेश गरेका छन् । १७६ वटा मालबाहक कन्टेनरहरु भन्सार भएर नेपाल तर्फ प्रवेश भएको देखिन्छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार विभिन्न १५ देशबाट ४१ जना पर्यटक उक्त दिन भारतीय मार्ग हुदैँ नेपालमा प्रवेश गरेका छन् ।
बेलहिया नाकाबाट बैशाख १३ गते साँझ सम्मकोे रिपोटिङ अनुसार उक्त नाकाबाट भारतीय सवारी पर्यटक बोकेर ३३३ नेपाल तर्फ भित्रिएका थिए भने ३७३ वटा मालबाहक कन्टेनरहरु भैरहवा भन्सार कार्यालय भित्र प्रबेश गरेको थिए । १९९ वटा मालबाहक कन्टेनरहरु भन्सार भएर नेपालमा भित्रिएको देखिन्छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार १५ देशबाट ११३ जना पर्यटकहरु उक्त दिन भारतीय मार्ग हुदै नेपालमा प्रबेश गरेका थिए ।