logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    गैडहवा गाउँपालिका द्वारा खानेपानी ह्यण्ड पम्प वितरण


    १५ बैशाख २०८० , शुक्रबार

    गैडहवा गाउँपालिका द्वारा खानेपानी ह्यण्ड पम्प वितरण

    सुरज ज्ञवाली
    सिद्धार्थनगर, १५ बैशाख । गैडहवा गाउँपालिकाले गाउँपालिका बासीहरुलाई शुद्ध तथा सफा खानेपानीको लागि ह्याण्ड पम्प(नल) वितरण गरेको छ ।
    गैडहवा गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम भागमा अवस्थित गाउँपालिका हो । यो गाउँपालिका वातावरणीय र प्राकृतिक रुपले अत्यन्त मनोरम गैडहवा गाउँपालिका वडा नम्बर ४ विष्णुपुरामा रहेको गैडहवा तालको नामबाट राखिएको छ । रुपन्देही जिल्लाको सबै भन्दा ठूलो ताल भनेर पनि गैडहवा ताललाई चिनिन्छ ।


    गैडहवा गाउँपालिका भित्र खानेपानी सेवा विस्तारका लागि मनवापुर र धनवापुर डिहवा गैडहवा गाउँपालिका लागि वडा नम्बर २ का लागि नेपाल सरकारले ५ लाख बजेट विनियोजन गरेको छ भने वडा नम्बर १ देखि ७ वडाका लागि १५ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेले बताउनुभयो । गाउँपालिका भित्रका सबै ठाउँ जस्तै मठमन्दिर, पाटीपौवा, स्वास्थ्य चौकी, अस्पताल, सार्वजनिक ठाउँ, बजार, विद्यालय, सवारी स्टयन्ड, प्रतिक्षालय, पिछडिएको समुदाय आदि जस्ता ठाउँलाई मुल प्राथमिकतामा राखि शुद्ध खानेपानी ह्यण्ड पाइप वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष पौडेले बताउनुभयो ।

    गैडहवा गाउँपालिका भित्र खानेपानी ट्याङ्की निर्माण स्थानीय सरकारको योजनामा नदेखिए पनि गैडहवा गाउँपालिको कार्यालयले गाउँपालिकाको सबै ठाउँमा खानेपानी पु¥याएको देखिन्छ । गाउँपालिकाले मुख्यतः पिछडिएका समुदाय, दलित, आर्थिक अवस्था कमजोर, विपन्न, शुद्ध खानेपानी खान नपाएका समुदायलाई खानेपानीका लागि ह्यान्ड पाइप वितरण गरेको खानेपानी तथा सरसफाई टेक्निसियन बाबुराम पोखरेलले बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.