logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    खाडीमा जाने देशका सच्चा पहरेदार


    १७ बैशाख २०८० , आइतबार

    खाडीमा जाने देशका सच्चा पहरेदार

    कमल रायमाझी
    नेपाल अहिले आर्थिक संकटको अवस्थामा पुगेको छ । देशको उत्पादन परनिर्भरतामा अडेका कारण यस्तो अवस्थामा पुगेको हो । परनिर्भर अर्थनीतिले गर्दा दलाल, माफिया र तस्करहरु मोटाउने मात्र भएको छैन, देशले घाटा पनि बेर्होने गरेको छ । राज्यलाई धनी र समुन्नत बनाउनका लागि देशको साधन, स्रोतलाई प्रयोग गरी उत्पादन क्षेत्रमा विकास गर्नु पर्ने हुन्छ । देशले आफ्नो उत्पादनलाई बिदेशमा बिक्री गरे वापत आउने डलर नै त्यो देशको मुख्य आय स्रोत हो । नेपालले आफ्नो उत्पादनहरु निकै न्यून मात्रामा विदेश निर्यात गर्ने गरेको छ । बार्षिक रुपमा नेपालले ठुलो परिणाममा व्यापार घाटा बेहोरेको छ । आर्थिक बर्ष २०७८⁄०७९ मा २१ खर्ब २० अर्ब ४७ करोड रुपैया बराबरको वैदेशिक व्यापार घाटा नेपालको छ । देशको बार्षिक बजेट बराबरको व्यापार घाटा रहेको नेपाललाई अझै ओरालोमा लैजाने काम यहाँका राजनीतिक दल तथा उद्योगी र व्यापारीले गरेका छन् । राजनीतिक दलले सधैं देशलाई समृद्धिको नारा लगादै दलाल र तस्करको अनुकुलमा नीति निर्माण गरी देशलाई टाट पल्टाउने तर्फ अग्रसर देखिन्छन् । यहाँका केही व्यापारी देशको बजेटलाई आफु अनुकुल प्रयोग गरेर रातारात धनी बनेको देखिन्छ । यहाँ ठुलो घराना भनिएका व्यापारीहरुले पनि देशका लागि केही गरेको देखिदैन । देशलाई राजस्व बुझाएको छु भन्दै फुर्ती लगाउने माफियाहरुले राज्यलाई झन कङ्गाल बनाउने काम दैनिक गरेको अनुसन्धानले देखाउछ । देशमा खुलेका अधिकांश बैंकिङ क्षेत्रहरु व्यापारिक घराना भनिनेहरुको कब्जामा छ । सर्वसाधरणहरुले जम्मा गरेको रकम उनीहरुले प्रयोग गर्ने र उद्योग धन्दा चलाउने गरेका छन् । त्यही सर्वसाधरणको रकमबाट आफुहरु अर्बपति बनेको देखिन्छ । उनीहरुको काम भनेको राजनीतिक दललाई आफु अनुकुल प्रयोग गर्ने, बैंकिङ क्षेत्रमा जम्मा भएको सर्वसाधरणको रकम सस्तो व्याजमा चलाउने र यीनै सर्वसाधरणको रकमलाई बिदेशी डलरमा साटेर ट्रेडिङ व्यापार र उद्योग संचालन गर्ने नाममा विभिन्न देशमा निर्माण भएका बस्तु ल्याउने तथा त्यही बस्तुलाई रंग रोगन गरेर आफुले उत्पादन गरेको बहाना यहाँ हुने गरेको छ । उनीहरुको उद्योग व्यापार बाट विदेशमा निर्यात गरेर देशले डलर कमाउने भएपो सच्चा व्यापारी भन्न हो ? उनीहरुले त केवल विदेशबाट समान ल्याउने र यही उत्पादन गरे जस्तो गरेर यही बेच्नेलाई देशको सच्चा व्यवसायी भन्न सकिदैन । नेपालीहरुको रकम डलरमा साट्ने र विदेशबाट समान नेपालमा भित्राउने, बिक्री गर्ने त्यसबाट मनग्य रकम नाफा गर्ने , कमाएको केही रकम राजस्वमा बुझाउने काम नेपालमा उद्योग व्यवसायीहरुको हो । यो चक्रले देशलाई समृद्धि बनाउदैन । उनीहरुले देशको डलर विदेशमा पठाउने भन्दा अरु काम केही गर्न सकेका छैनन् । देशमा व्यापारको नाम नाफा कमाउने र विभिन्न स्रोतबाट देशले संकलन गरेको डलर बिदेशमा पठाउने काम नेपालमा व्यापारीको भएको छ । जसले देशलाई घाटामा पुराउछ । देशमा उत्पादन हुने बस्तु समेत बिदेशबाट आयात गर्दा देशलाई झन ठुलो नोक्सान यी व्यवसायीहरुले गरेका छन् । त्यही अनुसारको अर्थनीति बनाउनमा यहाँको कर्मचारी तन्त्र र राजनीति तन्त्र समेत सामेल रहेको छ । यसैले यस्ता व्यापारी, राजनीतिक दल र कर्मचारी तन्त्रको नीतिगत भ्रष्टचारलाई रोक्नु पर्दछ । देशले उत्पादन गर्ने बस्तु सस्तो मुल्यका नाममा बिदेशबाट ल्याउदा देशलाई लाखाँै डलर घाटा हुने गरेको छ । त्यसैले व्यापार घाटा पनि बार्षिक रुपमा बढ्दो छ । दलालहरुले आफ्नो नाफा भन्दा अरु सोचेको देखिदैन । जव सम्म देशले आफ्नो उत्पादन बिदेशमा बिक्रि गर्दैन देशलाई सधै व्यापार घाटा हुने गर्दछ । यहाँका व्यापारीहरुले सधैंै देशलाई व्यापार घाटामा पुराउने र आफु धनी हुने भन्दा अरु गरेको देखिदैन । तर देशको त्यति ठुलो व्यापार घाटालाई पुर्ति गर्ने काम केवल खाडीमा जाने गरिबको छोराले मात्र गरेको छ । उनीहरुको पसिनाबाट प्राप्त रेमिट्यान्सले नेपालको अर्थतन्त्र चलेको छ । तर उनीहरुलाई सम्मान भन्दा अपमान सधै राज्यले गर्ने गरेको छ । तर रातारात तस्करी र दलाल गरेर धनी भएको माफियालाई ठुला उद्योगी, व्यवसायी भन्दै राज्यले सधै सम्मान गर्ने गरेको छ । त्यसैले देशको अर्थतन्त्रलाई सुरक्षित गर्ने ती खाडीमा पसिना बगाउने नेपालीको दुःख यहाँ कसैले बुझेको छैन । तिनिहरुको सम्मानका लागि हामी अनुरोध गर्दछौ । भुकम्प र कोभिडका कारण स्वदेश फर्किएका नेपाली पुनः खाडीमा फर्किने क्रम बढ्दै छ । उनीहरुले रेमिट्यान्स पठाउन सुरु गर्दै छन् । त्यो रेमिट्यान्स आउने क्रम सुरु भएपछि देशले आर्थिक संकटको अन्त्य गर्ने छ । अपेक्षा, गरौ देशमा आर्थिक नीतिमा सुधार भयो भने देशले समृद्धि तर्फ हाम फाल्ने छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.