राकेश कोहाँर
भैरहवा, २६ वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ ले ५० प्रतिशत अनुदानमा वडाका कृषकहरुलाई पम्पसेट वितरण गरिएको छ ।
रोहिणी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा सोमबार २० वटा पम्पसेट ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
कार्यक्रममा रोहिणी गाउँपालिकाका कृषि शाखा प्रमुख जितेन्द्र यादवले कृषि उपकरणमा कृषकको पनि लगानी भए अपनत्व हुने भएकाले ५० प्रतिशत अनुदानमा वितरण गरिएको बताउनुभयो । गाउँपालिका कृषि शाखा प्रमुख यादवले मेशिनरीको रेखदेख, मर्मत सम्भारमा ध्यान दिन कृषकहरुलाई आग्रह गर्नुभएको थियो । गाउँपालिका कृषि शाखा प्रमुख यादवले उपलब्ध भएको पम्पसेटबाट कसरी लाभ लिने, कसरी उत्पादकत्व बढाउने भन्ने तर्फ ध्यान दिनुपर्छ र मेशिनको दुरुपयोग नहोस भन्ने कुरामा विष्शेष ध्यान दिनुपर्ने बताउनुभयो ।
रोहिणी गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर क्षेत्रीले कुनै पनि किसानलाई भेदभाव नगरी पम्पसेट वितरण गरेको बताउनुभयो । वडा अध्यक्षले भने वडाका विभिन्न स्थानमा बोरिङ जडान गरिएको हिजो जुन स्थानमा केही उत्पादन भएको थिएन, आज त्यहाँ हराभरा छ देखिन्छ यो कुरामा हामी सबै खुसीको अनुभुति भएको छ ।
रोहिणी ३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले आगामी दिनमा पनि कृषि क्षेत्रको विकासका लागि वडा कार्यालय र गाउँपालिकाबाट सक्दो काम अगाडि बढाउने बताउनुभयो ।
गाउँकार्यपालिका सदस्य नियामत अलीले तरकारी खेतीमा जोड दिन कृषकहरुलाई आग्रह गर्दै नेपाल कृषि प्रधान देश हो र तरकारी खेतीमा जोड दिन सक्यौं भने तरकारी किनेर खानुपर्दैन ।
गाउँपालिकाका योजना शाखाका सव–इञ्जिनियर राजकुमार मिश्राले रोहिणी गाउँपालिकामा ८० प्रतिशत बढी नागरिक कृषि पेशामा आश्रित रहेको जानकारी दिनुभयो । मिश्राले भने भौतिक पूर्वाधारसँगै गाउँपालिकाले सामाजिक विकासमा पनि जोड दिएको र कृषिमा आत्मनिर्भर हुनुपर्छ । परम्परागत रुपमा गरिने खेतीका कारण उत्पादनमा वृद्धि हुन सकेको छैन । नयाँनयाँ प्रविधिको प्रयोग गर्न आवश्यक छ ।
कार्यक्रममा कृषक चन्द्र कुमार सिंहले कृषकलाई पम्पसेट वितरण गरेकोमा धन्यवाद दिदै
सिंचाईको व्यवस्था गर्ने तर्फ ध्यान दिन आग्रह समेत गरेका थिए ।
कार्यक्रममा कृष्णमोहन यादवको स्वागत गरेका थिए भने वडा सचिव पुर्णिमा घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।