अन्जना चौहान
लुम्बिनी, ५ जेठ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको खुनगाई स्थित होटल मनिष मेन्सनमा एक दिने नगरस्तरीय प्रधानध्यापकहरूको नेतृत्व क्षमता विकास तालिस जेठ ३ गते बुद्धवार सम्पन्न भएको छ ।

एक दिने प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकास तालिम लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोगमा र थिङकिङ रिच नेपालको अयोजनामा सम्पन भएको छ । प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकास तालिम कार्यक्रममा सहभागि भएका सम्पर्ण प्रधानाध्यापक प्रमाणपत्र समेत वितरण गरेको आयोजकले जनाएको छ ।

कार्यक्रम थिङकिङ रिच नेपाल अध्यक्ष दिनेश कुमार गुप्ताको अध्यक्षतामा, पुर्ब सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता को प्रमुख अतिथ्यतामा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दीन मुसलमानको विशिष्ट अतिथ्यतामा र अतिथी एस.एन त्रिपाठी र नगरपालिका भित्रका सम्पूर्ण विद्यालयका प्रधानध्यापकहरु सहभागितामा गरिएको आयोजक स्रोतले जनाएको छ ।

कार्यक्रमका अध्यक्ष तथा प्रशिक्षक थिङकिङ रिच नेपाल अध्यक्ष गुप्ताले कार्यक्रमको उद्देश्य नगर शिक्षामा सुधार गर्ने, प्रधानाध्यापकहरुको क्षमता विकास गर्ने, शिक्षामा सुदृढीकरण गर्ने, शिक्षामा क्रान्ति परिवर्तन लयाउने र नयाँ नयाँ प्राविधि र सिपको प्रयोग गर्ने सहज र सरल तरिकाले शिक्षा कार्यलाई अगाडि बढाउने जानकारी गराउदै कार्यक्रम समान गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गुप्ताले शिक्षा हाम्रो पहिलो प्राथमिकता हो । हामीले शिक्षामा ठूलो परिवर्तन ल्याउनुपर्छ । हामीले नगरको शिक्षामा ठूलो परिवर्तन ल्याइ अधिराज्यकै शिक्षण सुधार गर्ने पहल गर्ने छाँै र शिक्षाको विषयमा हामी सबै सहकार्य गरी अगाडि बढने छौँ । शिक्षाको मानिसको लागि अपरिहार्य कुरा हो , शिक्षा विना मानिसको कुनै अस्तित्व हुदैन् । त्यसैले शिक्षाले समाज र राष्ट्रको विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताउनुभयो । त्यसैले शिक्षा क्षेत्रमा आबद्ध सबै स्रोतले आआफनै ठाउँवाट विद्यार्थी, अभिभावक, समाजको आवश्यकतालाई ध्याानमा राखि कार्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मुसलमानले अहिलेको समयमा शिक्षा धेरै महत्वपूर्ण विषय बनेको छ । शिक्षाको क्षेत्रको विकास र समृद्धि भयो भने मात्र अरु क्षेत्रको विकास र समृद्धि सोच्न सकिन्छ । कुनै पनि कार्य गर्दा मानिसलाई ज्ञानको आवश्यकता पर्दछ । ज्ञान विनाको मानिस अहिलेको समयमा धेरै नै पछाडि परेको बताउनुभयो । प्रधानाध्यापकहरुलाई एक दिने नेतृत्व विकास तालिम दिएपछि शिक्षा क्षेत्रमा केही सुधारको अपेक्षा गर्दै आगामि दिनहरुमा प्रधानाध्यापक, शिक्षक, र विद्यार्थीका विभिन्न किसिमका तालिमहरु संचालन गर्ने प्रतिबद्धता जनाएका थिए । विभिन्न समस्याले गर्दा समाजमा रहेका सबै बालबालिकालाई विद्यालयको पहुचमा पु¥याउन स्थानीय तहबाट दिनपर्ने सबै सेवाहरु प्रवाह गर्ने नगरप्रमुख मुसलमानले बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक कार्य शुद्धोधन गाउँपालिकाका शिक्षा अधिकृत धनी प्रसाद शर्मा , थिङकिङ रिच नेपाल अध्यक्ष दिनेश कुमार गुप्ताले गरेका थिए भने कार्यक्रम संचालक निशा चौबेले गर्नुभएको थियो ।