logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति रुपन्देही द्वारा धर्ना कार्यक्रम


    २२ जेष्ठ २०८० , सोमबार

    नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति रुपन्देही द्वारा धर्ना कार्यक्रम

    झब्बर यादव
    सिद्धार्थनगर, २२ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थित भैरहवामा रहेको शिक्षा विकास तथा समन्वय इकाई  रुपन्देही कार्यालयको अगाडि नेपाल विद्यालय कर्मचारी परिषद् कार्यसमिति रुपन्देही द्वारा धर्ना कार्यक्रम जेठ २१ गते आइतवार देखि सुरु भएको छ ।


    सामुदायिक विद्यालयहरुमा न्यून वेतनमा कार्यरत कर्मचारीहरुको पूर्ण सेवा सुविधा सहित पेशातग स्थानीत्व विषयक नेपाल सरकार नीति तथा कार्यक्रमको बुदा नम्बर १२७ मा समेत उल्लेख भएको तर बजेटमा नसमेटिएको र बेवास्ता गरिएकोले नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको निर्देशन अनुसार विरोध कार्यक्रम गरिएको हो ।


    धर्ना तथा विरोध कार्यक्रम जेठ २१ गते आइतवार देखि जेठ २६ गते शुक्रवार सम्म एक सता परा हुने भएको छ । धर्ना कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.