logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    रामग्राम नगरपालिकाको कृषि यन्त्र खरिदमा भ्रष्टाचार


    ७ असार २०८० , बिहिबार

    रामग्राम नगरपालिकाको कृषि यन्त्र खरिदमा भ्रष्टाचार

    ज्ञानेश्वर सहानी
    नवलपरासी, ७ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषि यन्त्रहरु खरिद गर्दा २ लाख भन्दा बढी आम्दनी बिलमा लेखेर आर्थिक भ्रष्टाचार गरेको  छ ।
    रामग्राम नगरपालिका वडा नम्बर ४ जितपुरमा कोटहिमाई तरकारी पकेट समन्वय समितिको आयोजनामा तरकारी बालिको पकेट विकास कार्यक्रम अन्तर्गत कृषि यन्त्र उपकरण वितरण कार्यक्रममा कृषि यन्त्रमा खरिद गर्दा बिलमा २ लाख भन्दा बढी रुपैया लेखिएको आरोप लगाएका छन।


    रामग्राम नगरपालिकाका कृषि समुहले कृषि आधुनिकरण गर्न र कृषकहरुलाई व्यवसायिक बनाउनका लागि नगर भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गर्ने कार्यक्रममा कृषि यन्त्र खरिद गर्दा बढी रकमको बिल बनाई आर्थिक हिनामिना गरी भ्रष्टाचार गरेको रामग्राम नगरपालिका वडा नम्बर ४ जितपुर बस्ने राधेश्याम पटेलले बताए ।


    पटेलले भने अनुसार किसानहरुले स्वयम मार्केटमा कृषि यन्त्र खरिद गर्न जादा अतुल कम्पनीको पम्पसेटको मुल्य ३८ हजार,सेक्सन पाइपको मुल्य २ सय रुपैया फीट ,डेलीवरी पाइपको मुल्य २ सय ८० रुपैया के.जी ,२ हाउसपावर मोटरको मुल्य २४ हजार ५ सय छ , १ हाउसपावर मोटरको मुल्य १६ हजार, मिनि टेक्टरको मुल्य ७७ हजार, स्प्रे टंकीको मुल्य ४ हजार, डिजिटल काटाको मुल्य ९ हजार र बोरिङ जडानको ३२ हजार भ्याट सहित बजारमा लग्ने बताएका छन ।


    उनले भने उक्त कृषि यन्त्र रामग्राम नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गर्नका लागि नगरपालिका समुहले खरिद गरेको पम्पसेट रेट ४१ हजार १ सय ६० रुपैया ,सेक्सन पाइपको २ सय २३ रुपैया,डेलीवरी पाइपको प्रति किलो ३ सय २४ रुपैया ,२ हाउसपावर मोटरको २६ हजार १ सय ५३ रुपैया, १ हाउसपावर मोटरको १७ हजार ४ सय ८६ रुपैया , मिनि टेक्टरको ९८ हजार ३ सय रुपैया , स्प्रे टंकीको ४ हजार ६ सय ४४ रुपैया , डिजिटल काटाको १४ हजार ६ सय ६७ रुपैया र बोरिङ जडान ७१ हजार ६ सय ३० रुपैयामा खरिद गरेको छ ।
    रामग्राम नगरपालिकाले पम्पसेट ८ पिस , सेक्सन पाइप ३ सय ८०, डेलीवरी पाइप ४ सय ५० , मोटर २ एच पी ५ पिस , मोटर १ एच पी ५ पिस , मिनि टेक्टर ७ पिस , स्प्रे टंकी २० पिस, डिजिटल काटा २ पिस र बोरिङ जडान १ पिस खरिद गर्दा उचित मुल्य भन्दा २ लाख ८२ हजार ४ सय ५९ रुपैया बढी बिलमा बढी लेखाएर आर्थिक हिनामिना गरेका छन राधेश्याम पटेलले बताएका छन ।
    उक्त कृषि यन्त्र समग्रीहरु रामग्राम नगरपालिका र समुहले खरिद गरेको देखिदा २ लाख ८२ हजार सय ५९ रुपैया बिलमा बढी लेखिएर भ्रष्टाचार गरेको उल्लेख छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.