logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    गाडी गति र मोडका कारण कपिलवस्तुको देउरालीमा दुर्घटना


    १५ असार २०८० , शुक्रबार

    गाडी गति र मोडका कारण कपिलवस्तुको देउरालीमा दुर्घटना

    बझाङबाट काठमाडौं जादै गरेको बस कपिलबस्तुको देउरालीको मोडमा दुर्घटना भएको छ ।

    लुम्बिनीखबर
    भैरहवा, १५ असार । बझाङबाट काठमाडौं जादै गरेको ना६ख१३३९ नम्बरको रात्री बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ देउराली मोडमा दुर्घटना भएको छ ।
    उक्त दुर्घटनामा परी बस यात्रु मध्ये ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डि.एस.पी मिन बहादुर घलेले जानकारी दिएका छन् । डि.एस.पी घलेका अनुसार बसमा चालिस यात्रु सवार भएका थिए ।


    घाइतेहरूमा चार पुरूष र दुई महिला रहेको तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम र अन्य चार जनाको अवस्था सामान्य रहेको डि.एस.पी घलेले बताएका छन् ।


    घाइते भएका यात्रुहरूको उपचार चनौटास्थित सञ्जिवनी अस्पतालमा भइरहेको जानकारी दिएका छन् ।
    बस तीव्र गतिमा र मोड भएका कारण दुर्घटना भएको डि.एस.पी घलेले बताएका छन् । घलेका अनुसार त्यो ठाउँमा दुर्घटना धेरै हुने ठाउँ मध्येको एक हो ।
    दुर्घटना भएको सूचना प्राप्त भएको पाँच मिनेटमै प्रहरी घटनास्थलमा पुगेको र घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको थियो डि.एस.पी घलेले बताएका छन् । सकुशल रहेका यात्रुहरूलाई अर्काे बसमा चढाएर काठमाडौं पठाइएको छ । दुर्घटनापछि चालक भने फरार छन् । प्रहरीले सहचालक सँग दुर्घटनाबारे सोधपुछ गरेको र फरार रहेका चालकको खोजीकार्य भइरहेको डि.एस.पी घलेले जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.