logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    कानुन निर्माण गर्नु भन्दा कार्यान्वयन पक्ष महत्वपूर्ण सभामुख मगर


    २३ साउन २०८० , मंगलबार

    कानुन निर्माण गर्नु भन्दा कार्यान्वयन पक्ष महत्वपूर्ण सभामुख मगर

    लुम्बिनीखबर 
    सिद्धार्थनगर, २३ साउन । लुम्विनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगर बुटवलमा कानुन, नीति, नियम निर्माणका लागि अनौपचारिक कार्यक्रमको आयोजना गरि पत्रकारहरुवाट सुझाव संकलन गरेका छन् ।
    २१ गते आइतवार विहान २ वजे बुटवलको प्रदेश सभामुख निवास भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरले कानुन निर्माणमा स्थानीय तहसंग प्रदेश सभाको सहकार्य भन्ने विषयमा पत्रकारहरुसंग अनौपचारिक सुझावहरु लिनुभएको थियो ।
    स्थानीय तह र प्रदेश तहमा कानुन, नीति ,नियम निर्माण गरिन्छ तर कार्यान्वयन कति मात्रामा भएको छ भन्ने कार्यान्वयनको पक्षमा समेत छलफल गरिएको थियो ।


    कार्यक्रममा सभामुखले भन्नुभयो– “प्रदेश तहलाई स्थानीय तहले चिन्दैनन् ।” अब प्रदेश तहलाई स्थानीय तहले चिन्न सक्ने वातावरणमा यो कार्यक्रमले फलदायी हुने माननीय प्रदेश सभामुखको विश्वास रहेको छ ।
    जनताको कार्य सम्पादनमा कानुनी जटिलता हटाई सहजता ल्याउनको लागि पालिका तह सम्म यो कार्यक्रम लैजान पर्ने सभामुखले बताउनुभयो ।
    सभामुखले भन्नुभयो “कानुन निति नियम बनाउनु कुनै ठूलो करा नभई त्यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुन्छ । ”
    कार्यक्रममा सभामुखले स्थानीय तहलाई कानुन निर्माणमा सक्षम बनाउनमा सहकार्य गर्ने जनाउनुभयो । स्थानीय तहले पनि कानुन निति नियम बनाउने जिम्मेवारी भएपनि कतिपयले बनाएको देखिदैन् ।
    कतिपय स्थानीय तहले निति योजना बनाएपनि कार्यान्यवन भएको देखिदैन् । सम्मेलन गर्नुको मुख्य उद्देश्य भनेको स्थानीय तह र प्रदेश तहमा बनेका कानुनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गरिएको थियो ।
    कार्यक्रममा संचारकर्मी पत्रकारहरुले स्थानीय तह र प्रदेश तहको कानुन र निति नियम आवश्यकता अनुसार बुझी बनाउन आआफना धारणा राखि सुझाव दिएका थिए ।
    कानुन नीति, नियम बनाउँदा विविधताका साथै अलग अलग जिल्लाका पालिकाहरुबाट न्यायिक समिति निर्माण गरि कानुन बनाई उक्त कानुनलाई मथिल्लो निकाय तथा प्रदेश समक्ष पेश गरि संशोधन गरी कार्यान्वनमा ल्याउन जरुरी रहेको सुझाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.