logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    दुर्घटनामा परि अस्ताए मझगावा मालपोत अधिकृत


    ६ चैत्र २०८० , मंगलबार

    दुर्घटनामा परि अस्ताए मझगावा मालपोत अधिकृत

    असलम खान
    मर्चवार, चैत ६ ।रुपन्देहीको मर्चवार शाखा मालपोत कार्यालय, मझगावामा कार्यरत मालपोत अधिकृत ४२ वर्षीय तिलकबहादुर रावतको दुर्घटनामा परी मृत्यु भएको छ ।

    आइतबार राति ९ बजेतिर भएको दुर्घटनामा उनको मृत्यु भएको हो। भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नम्बरको कारले विपरीत दिशाको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रावतको मृत्यु भएको हो। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटअगाडि भएको दुर्घटनाका कार चालक लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ बस्ने ५३ वर्षीय अलाउद्दिन मुसलमान प्रहरी नियन्त्रणमा रहेको ट्राफिक प्रहरी निरीक्षक वजिर सिंह बिष्टले जानकारी दिए।

    दुर्घटनाबाट घाइते भएका मालपोत अधिकृत रावतलाई नजिकैको सिद्धार्थनगर सिटी अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भइसकेको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक विष्टले जानकारी दिए। लुम्बिनीतर्फबाट भैरहवा पुग्न गल्लामण्डी छोटो बाटो हो ।त्यही बाटो प्रयोग गर्न सवारी चालकले कहिलेकाहीँ गलत साइडबाट सवारी हाँक्ने गरेको देखिन्छ । सोमबार भएको दुर्घटना पनि छिटो पुग्न गलत बाटो प्रयोग भएको कारण हुन सक्ने ट्राफिक प्रहरीको प्रारम्भिक अनुमान छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.