logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    रोहिणीमा निर्माण हुने पेट्रोलियम भण्डारण गृहको स्थानीयद्वारा विरोध


    १३ बैशाख २०८१ , बिहिबार

    रोहिणीमा निर्माण हुने पेट्रोलियम भण्डारण गृहको स्थानीयद्वारा विरोध

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, १३ वैशाख । रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाको सिमाना छुट्टाएको विचभागमा रोहिणी खोलाको बगरमा पट्रोलियम पदार्थ भण्डारण गृह निर्माण हुन लागेको परियोजनाको स्थानीयद्वारा व्यापक विरोध प्रर्दशन भएको छ ।
    सिसहनिया गाउँको ८० घर धुरीका घर परिवारले १३० कट्ठा ऐलानी जग्गा लामो समयदेखि जोतभोगमा रहेको स्थानीयले बताएका छन् । साथै त्यही १३० कट्ठा ऐलानी जग्गामा खेलमैदान समेत रहेको स्थानीयको भनाई रहेको छ । पेट्रोलियम भण्डारण गृह निर्माण परियोजनाले टेन्ट लागाई निर्माणको कार्यलाई अगाडि बढाउनको लागि पुजन कार्य शुभराम्भ गरेको सिसहयिा बासीको भनाई रहेको थियो । पहिलो चरणको कार्य रिटेरिङ्गवाल र माटो पुर्ने कार्य सुरु भए पनि निगमको त्यहाँ १४ विगाह जग्गा रहेको सुन्नुमा आएको छ । तर अहिले स्थानीयहरुको बीचमा कुनै कागजी आधार सार्वजनिक भएको मिश्राको भनाई रहेको थियो ।


    १४ विगाह जग्गाको वर्तमान कुनै नाप जाँच रेखाङ्गकन, सीमाङ्गकन नगरिकन हामी स्थानीयले ऐलानी जग्गा जोतभोग गरिरहेको खेलमैदानको जग्गा समेत निगमको कब्जामा हुने आफूलाई शंका उब्जेको मिश्राले विरोध प्रर्दशन गरेको बताए ।
    अर्को पश्न नेपालमा सरकारको नाममा देशभरी नै छरिएको जग्गाहरु छन् । सरकारी परियोजना लगाउनको लागि जग्गा खरिद किन गर्नुपथ्र्यो । शुभरम्भ कार्याक्रमको दिन निगमका अधिकारीहरुले मंचमा आफै बोलेका थिएकी भलवारीको डिपो बस्तिको बीचमा भएको त्यहाँ जोखिमपूर्ण अवस्थामा रहेकोले त्यो डिपोलाई रोहिणीमा सारी भण्डारणको क्षमता वृद्धि गर्ने प्रश्न यहाँ छकी सिसहनिया र बैकुन्ठपुरको बस्ति जोखिममा पर्छकी पर्दैन स्थानीयले बोलेको होइनन् । यो भनाई मंचमा निगमका अधिकारीले आफै बोलेका हुन मिश्राले गुनासा गरेका छन् ।
    पेट्रोलियम भण्डारण गृह निर्माण गर्न लागेको रोहिणी बगरमा किनेको केही जग्गा खोलमा निगमले आफ्नो जग्गा पुरा गर्नको लागि स्थानीयले ऐलानी जोतभोग गरेको जग्गा कब्जा गर्न मिल्दैन रिटेरिङ्ग वल लगाउदा नदिको बहाब गर्भ साघुरा हुँदा बाढीको जोखिम हुन सक्छ, त्यसकारण यसको अध्ययन नगरी काम अगाडि नबढाई दिन बैजनाथ सहानीले आग्रह गरेका थिए ।
    नेपाली कांग्रेसका पूर्व सभापति वर्तमान प्रदेश सभासदस्य अब्दुल रज्जाक ओमसतिया–५ रोहिणी ३ का स्थानीय जनताले निर्माण हुुन लागेका पेट्रोलियम भण्डारण गृह स्थानीयको भनाइ अनुसार आफूहरुले सार्वजनिक पर्ती जग्गा लामोसमय देखी जोतभोग गर्दै आएको आफूहरुको जोतभोग चलनमा रहेको जग्गा हामी स्थानीयले कुनै हालतमा अधिग्रहण गर्न दिदैनौँ स्थानीयहरुको भनाइलाई उदृत गर्दै प्रदेश सभा सदस्य रज्जाकले बताए । जग्गा खरिदको लागि टेन्डर हुँदैन टेन्डर प्रक्रिया गलत रहेको उहाँको भनाई रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.