अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, १३ जेठ । लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ शाखाको आयोजनामा आई.पि.भी खोप अभियान स्वास्थय संस्था प्रमुख र विद्यालयका प्रधानध्यापक अध्यक्ष प्रतिनिधि तथा पत्रकारहरुको गोष्टी कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिका हलमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थय शाखा प्रमुख धुर्प राज घिमिरेले लुम्बिनी साँस्कृतिक नगरपालिका अन्तगत रहेको सामुदायिक संस्थागत र धार्मिक विधालयमा अधययनरत २०७३ साल बैशाख देखि २०७५ साल असोज महिनामा जन्मेका बच्चाहरुलाई ६ वर्ष देखि ८ वर्ष सम्म सम्पुर्णलाई आई.पि.भी खोप १३ गते देखि १७सम्म संचालन रहने छ । ६हजार बच्चाहरुलाई खोप लगाउने अनुमान रहेको छ । कुनै किसिम बच्चाहरुलाई समस्याहरु देखा परेमा खोप नदिने बताए छन ।
कार्यक्रममा विधालयका प्रधापध्यापकहरुको उपस्थिति कम रहेको सहभागीहरुले जनाएका छन।
लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थय शाखा प्रमुख धुर्प राज घिमिरे , विधालय प्रधानध्यापक स्थानीय पत्रकारहरु उपस्थितिमा कार्यक्रमसम्पन्न भएको थियो।